Friday, 30th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

नेकपा थाहानगरको अध्यक्षमा रायमाझी सचिवमा गोपाली [हेर्नुहोस् १० वटै स्थानीय तहमा नेकपाको पद बाँडफाँड]

THaha-Nekapa-1566711595.jpg

नेकपा मकवानपुरको ८ भाद्र बिहान बसेको सचिवालयको बैठकले नगर र गाउँपालिकामा पार्टी एकिकरणलाई टुंगाएको छ । बैठकले हेटौंडा उपमहानगरपालिकासँगै १० वटै स्थानीय तहमा अध्यक्ष र सचिव समेत चयन गरेको जिल्ला सचिव प्रेमबहादुर पुलामीले जानकारी दिए ।

बैंठकले नगर रगाउँपालिकाको अध्यक्ष र सचिव चयनसँगै जिल्ला कार्यालय टिमपनि चयन गरेको उनले बताए । स्थानीय तह भाग लगाएर सहमतिको आधारमा नेतृत्व चयन गरेको पुलामीले उल्लेख गरे । तत्कालिन नेकपा एमालेको भागमा ६ वटा स्थानीय तह तथा माओवादी केन्द्रको भागमा ४ वटा स्थानीय तहमा नेतृत्व चयन गरेको छ । जस अनुसार हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका तथा भीमफेदी गाउँपालिका तत्कालिन एमालेको भागमा परेको छ ।

राक्सीराङ गाउँपालिका, मनहरी गाउँपालिका, वागमती गाउँपालिका तथा थाहा नगरपालिका माओवादीको भागमा परेको छ । 

हेर्नुस् नामावली:

हेटौँडा उपमहानगरपालिका
अध्यक्षः रघु आचार्य, सचिवः तीर्थ थापा
थाहा नगरपालिका
अध्यक्ष अरुण रायमाझी, सचिवः सानुकाजी गोपाली
वागमती गाउँपालिका
अध्यक्ष अरुण बल, सचिव उत्तम पौडेल
वकैया गाउँपालिका
अध्यक्षः नारायण तिमल्सिना, सचिव भक्तबहादुर खत्री
मकवानपुर गढी गाउँपालिका
अध्यक्षः रामजी सापकोटा, सचिवः राजकुमार खड्का
भीमफेदी गाउँपालिका
अध्यक्षः सानु थापा, सचिवः दीपक गोले
इन्द्रसरोवर गाउँपालिका
अध्यक्षः ऋषि पुडासैनी, सचिवः बिर्जु तामाङ
मनहरी गाउँपालिका
अध्यक्षः रामप्रसाद कालाखेती, सचिवः हेमलाल उप्रेती
राक्सिराङ गाउँपालिका
अध्यक्षः हस्तबहादुर मुक्तान, सचिवः ओम स्याङ्तान
कैलास गाउँपालिका
अध्यक्षः बुद्धिबहादुर मुक्तान, सचिव लालसिं गुरुङ

x]/



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg