Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा थाहानगरका १२ वटै वडा कमिटिलाई प्रवक्ता श्रेष्ठले गराए सपथ ग्रहण

नेपाल कम्युनिष्ट पाटी ९नेकपा० थाहा नगरपालिकाका १२ वटै वडा कमिटिका पदाअधिकारीहरुले सपथ लिएका छन् । नेकपा थाहा नगर किमिटिको आयोजनामा १९ पौषमा पालुङ जेसीज सभाहलमा भएको कार्यक्रममा उनहिरुले सपथसंगै प्रशिक्षण पनि लिएका छन् । 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् । प्रवक्ता श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य विरोध  खतिवडा, राष्ट्रिय सभा सदस्य रामनारायण विडारी,  नेकपा प्रदेश–३ सचिवालय सदस्य विष्णु विष्ट आदर्श, अनन्त पौडेल, प्रदेश–३ सदस्य महेश्वर सुवेदी, नेकपा मकवानपुर जिल्ला सचिवालय सदस्य विष्णु प्रसाद ढकाल, लवशेर विष्ट, रामचन्द्र बल, विष्णु दाहाल नेकपा जिल्ला कमिटि सदस्यहरु तथा थाहानगर सह इन्चार्ज लक्ष्मण विष्ट र राजु नापित तथा जिल्ला सदस्यहरु सरोज खनाल, गौतमबुद्ध लामा, इश्वरलाल रुम्बा, विनायक गोले, कल्याण विक्रम घलान, ठूली गोले, तारा सिन्तानलगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथी तथा नेकपा प्रवक्ता श्रेष्ठ, नेकपा केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य विरोध  खतिवडा, राष्ट्रिय सभा सदस्य रामनारायण विडारी, प्रदेश कमिटिको तर्फबाट अनन्त पौडेल र जिल्ला कार्यालयको तर्फबाट बलराम बलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका  अतिथि तथा सहभागीहरुलाई नेकपा थाहानगर कमिटिकी कल्पना बलामीले धन्यवाद ज्ञापन गरेकी थिइन् । 

नेकपा थाहानगर अध्यक्ष अरुण रायमाझीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए । उनीहरुलाई प्रमुख अतिथी तथा अतिथीहरुले टिका र खादा लगाएर स्वागत गरेका थिए भने कार्यक्रम नेकपा थाहानगर सचिव सानुकाजी गोपालीले संचालन गरेका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०