Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा थाहानगरका सदस्यले सपथ लिए (को-को परे नगर कमिटिमा हेर्नुहोस् नामावली)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) थाहानगर कमिटीका सदस्हयरुले सपथ लिएकाछन् । 

थाहानगर कमिटीका अध्यक्ष अरुण रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य केदार न्यौपानेले सपथ ग्रहण गराएका हुन् । नगर कमिटिका अध्यक्ष र सचिवले भने यसअघि नै जिल्ला कार्यालयमा सपथ लिइसकेका छन् ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहेका न्यौपानेले नेकपा विरोध गर्ने स्थानमा नभै जिम्मेवारी वहन गर्ने स्थानमा रहेको बताए । अवको १० दिन भित्रमै नगरमा पार्टी कार्यालय खडा गर्ने र नेकपाको नगर कमिटीलाई जिल्ला मै उदाहरणीय बनाउने नगर कमिटीका अध्यक्ष अरुण रायमाझीले बताए । उनले देश हिजो कसरी चल्यो भन्दा पनि अब कसरी चलाउने भन्ने जिम्मेवारी नेकपामा आएको भन्दै सबैजना कमिटीका सदस्यहरुले जिम्मेवारीकासाथ लागि पर्नु पर्ने बताए ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा प्रतिनीधि सभा संसद विरोध खटिवडा, जिल्ला सह इन्चार्ज कुमारी मोक्तान, जिल्ला कमिटीका अध्यक्ष मुनु सिग्देल, जिल्ला सचीव प्रेम बहादुर पुलामी, प्रदेश कमिटी सदस्य ॐ घलान, प्रदेश कमिटी सदस्य महेश्वर सुवेदी, विष्णु विष्ट आदर्श, प्रमिला लामा, विष्णु प्रसाद ढकाल, लबशेर विष्ट  लगायत केन्द्र, प्रदेश, जिल्ला र नगर कमिटीका विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

हेर्नुहोस् नामावलीः


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०