nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा थाहाको अध्यक्ष एमाले कि माओवादी ?

Thaha-ma-Ko-1534489791.jpg

थाहा नगरमा नेकपाको नेतृत्व कस्को भन्ने सन्दर्भमा विकासखबर डटकममा समाचार प्रकाशन भएपछि स्थानीय क्षेत्रमा छलफल र बहस शुरु भएको छ । तत्कालीन दुबै पाटीका कार्यकर्ताहरुमा आपसी कुराकानी र छलफल भएको सम्वाददाताले जनाएका छन् । श्रोतका अनुसार तत्कालीन एमालेका कार्यकर्ताहरु हेटौंडा र अन्य गाउँपालिकामा जसको नेतृत्व रहे पनि थाहामा एमालेकै नेतृत्वमा नेकपाको नगर समिति बन्नु पर्ने तर्क गर्न थालेका छन् । मेयर तत्कालीन माओवादीको उमेदवार भएकोले पार्टीको नेतृत्व तत्कालीन एमालेले गर्दा आन्तरिक सन्तुलन हुने एमालेका एक नेताले जिकिर गरे । ‘थाहामा काँग्रेससँग मिलेर तत्कालीन माओवादी पहिलो पार्टी भए एमालेको एक्लैको मत बढी छ र कार्यकर्ताहरु पनि बढी छन्, त्यसैले  थाहामा नेकपाको नेतृत्व तत्कालीन एमालेले गर्नुपर्छ’ उनले भने ।

जिल्ला भित्रका कुन स्थानीय तहमा कसको नेतृत्व कसले गर्ने भन्ने निर्णय जिल्लामा गठित कार्यदलले गर्नेछ । यसमा कसले भन्दा पनि पाटी एउटै भएकाले तत्कालीन एमाले वा माओवादी नभनी सक्षमता, योग्यता र अनुभवको आधारमा नेतृत्व दिनु पर्ने स्वतन्त्र तर्क राख्नेहरु कम छैनन् । थाहामा तत्कालीन माओवादीको एक समूह अब यो वा त्यो समूह भन्दा पनि सक्षमताको आधारमा अध्यक्ष बनाउनु पर्छ भन्नेमा ‘लविङ’ गर्न थालेका छन् । ‘अब एमाले वा माओवादी भनेर होइन, सक्षमताको आधारमा नेतृत्वमा आउने हो, चाहे हिजो एमाले होस् या माओवादी,’ समूहको तर्क छ ।

त्यसो त माओवादीबाट अध्यक्ष भए एमालेले सचिवमा कसलाई पठाउने भन्ने छलफल नै शुरु भएको छैन । माओवादीबाट अध्यक्ष को हुन्छ भन्नेमा भर पर्ने तत्कालीन एमालेका नेता बताउँछन् । त्यस्तै एमालेकै भागमा अध्यक्ष परे एमालेले कसलाई अध्यक्ष बनाउँछ र माओवादीले सचिब को पठाउँछ भन्ने पनि स्पष्ट भइसकेको छैन । शान्तिपुर दैनिकको मंगलबारको अंकमा यससम्बन्धी विश्लेषणात्मक समाचार प्रकाशित भएपछि तत्कालीन एमाले थाहानगर सचिब सुरेन्द्रमान प्रधानले आफू नेपाल कम्युनिष्ट पाटी(नेकपा) थाहा नगरको अध्यक्षमै दावी गर्ने बताए । शान्तिपुर दैनिकसँग कुरा गर्दै उनले भने, ‘अबको नेकपा नेतृत्व ठेक्कापट्टामा नलागेको, उपभोक्ता समितिमा बस्ने रहर नगरेको, दामासाहीमा नपरेको र जनप्रतिनिधि नभएको हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, यसैलाई हामी बटम लाइन बनाउँछौं ।’ नेतृत्वमै बस्ने व्यक्ति ठेक्कापट्टा, उपभोक्ता समिति, जनप्रतिनिधि आदिमा भए काममा प्रभाव पर्छ, काम प्रभावकारी हुँदैन, त्यसैले राजनीति र समाजसेवालाई नै प्रमुख ठान्ने तत्कालीन एमाले वा माओवादी जो भए पनि अध्यक्षको योग्य हुन्छ, उनले भने ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)