nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा जिल्ला कमिटिमा ‘पुरानै नेताको घेराबन्दी’

राजनीतिक समिकरणलाई मिलाउँदै मुलुककै ठूलो पार्टीको रुपमा स्थापित हुन नेपाल कम्युनिष्ट पार्टी घोषणाको एकवर्षपछि बल्ल  मकवानपुरको जिल्ला कमिटी गठन गरेको छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी  एकीकरणको एकवर्षपछि मकवानपुरमा नेकपाको गठन भएको छ । यसअघि अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामी ‘छिन्तु’ चयन भैसकेका थिए । मकवानपुरमा तत्कालिन एमालेबाट ८७ जना र माओवादी केन्द्रबाट ५८ जना गरी १ सय ४५ जनाको जिल्ला कमिटि रहेको छ ।

जिल्लाको दशवटै स्थानीय तहको सहभागीता गराउने क्रममा थाहा नगरपालिकाबाट कुल १३ जना जिल्ला कमिटिमा परेका छन् । यसमा तत्कालिन एमालेबाट ८ र माओवादी केन्द्रबाट ५ जना रहेका छन् ।  जिल्ला कमिटिमा भएको यो प्रतिनिधित्व ८.९६ प्रतिशत मात्र हो । यो संख्यामा एकजना महिला तत्कालिन एमालेको तर्फबाट सहभागिता छ भने दुईजना माओवादी केन्द्रकोबाट सहित नौजना जनजातिको सहभागिता छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मकवानपुर जिल्ला कमिटि शपथ तथा पहिलो बैठक ८ जेठमा हेटौंडामा सम्पन्न भएको छ । नवगठित जिल्ला कमिटिका सदस्यहरुलाई पार्टीका ३ नम्बर प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले एक समारोहका बीच सपथ गराएकी थिईन् ।

पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष नारायण दहाल, सचिव आनन्दप्रसाद पोखरेल, पूर्व संबिधान सभा सदस्य अनन्त पौडेल,    पोलिटव्युरो सदस्य केदार न्यौपाने, केन्द्रीय सदस्य     विरोध खतिवडा, कैलाश ढुङेल, कुमारी मोक्तान,  रामेश्वर राना लगायत जिल्ला तहका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सपथ ग्रहण गरेका जिल्ला सदस्यहरु पार्टीको संस्थापक जिल्ला कमिटि सदस्य हुने जनाईएको छ

जिल्ला समितिमा थाहानगरबाट जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने तत्कालिन एमालेबाट कल्याण विक्रम घलान, गौतम बुद्ध लामा, ठूली गोले, इश्वर रुम्बा, राजु नापित, रामचन्द्र बल, विष्णु प्रसाद ढकाल र बुद्धरत्न मानन्धर छन् भने तत्कालिन माओवादीबाट तारा सिन्तान, अरुण रायमाझी, लक्ष्मण विष्ट, लवशेर विष्ट र विनायक गोले रहेका   छन् । 

को हुन् थाहानगरबाट जिल्लामा प्रतिनिधित्व गर्ने नेकपाका नेता ?

–लवशेर विष्ट

तत्कालिन माओवादी मकवानपुर जिल्ला सदस्य रहेका विष्ट थाहा नगरपालिकाका नगर प्रमुख हुन् । उनी   राज्य पुर्नसंरचनासंगै वि.सं. २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनधि हुन् । उनी नेपाली काँग्रेससंगको चुनावी तालमेलमा तत्कालिन नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई  पराजित गर्दै थाहा नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । साथै, उनको पृष्ठभूमि निर्माण व्यवशायी समेत रहेको   छ । 

–विष्णु प्रसाद ढकाल
ढकाल पुराना जनप्रतिनीधि हुन् । हाल थाहा   नगरपालिकामा गाभिएको पालुङ गाविसमा एक कार्यकाल उपाध्यक्ष     भए । ०७४ को स्थानीय तहको निर्माचनमा थाहा नगरपालिकाको मेयरमा     उमेद्वारी दिएका ढकाल काँग्रेस र माओवादीको समिकरणतर्फका माओवादीका लवशेर विष्टसंग पारजित भए । थाहा नगरपालिका वडा नं. २ घर भएका ढकालको पनि पृष्ठभूमि निर्माण व्यवशाय नै हो । उनी पालुङ बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध छन् । पाटीको जिल्ला सचिवालय सदस्य थिए । 

–अरुण रायमाझी
थाहा नगरपालिकाका राजनीतिमा सक्रिय व्यक्ति रायमाझीको राजनीतिक पृष्ठभूमी संयुक्त जनमोर्चा हो । उनी दामनपालुङ नगर विकास समितिको अध्यक्ष समेत भए । तत्कालिन माओवादी केन्द्रीय कमिटिमा समेत रहेका रायमाझीले थाहानगर कमिटि र तत्कालिन गाउँ कमिटि सहित पाँच पटक पार्टी अध्यक्ष भएर समेत काम गरिसकेका छन् । उनी पेशाले निर्माण व्यवशायी हुन् । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सचिव हुन् । 

–राजु नापित
राजनीतिमा लामो समय बिताएका नेता नापित यस अघि तत्कालिन एमालेका जिल्ला सदस्य थिए । निर्माण व्यवशायी समेत भएर काम गरेका नापित सामाजिक क्षेत्रमा पनि काम गर्दछन् । अहिले उनको मुख्य पेशा कृषि र व्यवशाय नै हो । 

–लक्ष्मण विष्ट
राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष भएर लामो समय काम गरेका विष्ट स्थानीय तहको निर्वाचनपछि माओवादी केन्द्रमा प्रवेश गरे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका विष्ट स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उमेद्वारी दिएका उनी थाहा नगरपालिका वडा नं. ३ मा माओवादी केन्द्रका राजेश केसीसंग पराजित भएका थिए ।

राजनीतिक लामो अनुभव भएका विष्ट तत्कालिन राजनितिकदलको जिल्ला तथा नगर संयन्त्रमा बसेर समेत काम   गरेका छन् । उनलाई स्थानीय विकासको एजेण्डामा राम्रो अनुभव छ । विष्ट किसान हुन् । 

–बुद्धरत्न मानन्धरः
राजनीतिसंगै पर्यटन व्यवशायमा प्रतिवद्ध मानन्धर चित्लाङ निवासी हुन् । थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङमा होमस्टे व्यवशाय संचालन गर्दै आएका उनी त्यहाँका पुराना होमस्टे संचालक हुन् । तत्कालिन एमालेका जिल्ला सदस्य मानन्धर थाहानगरका पूर्व विद्यालय स्रोत व्यक्ति हुन् । स्वच्छन्द भैरब माविमा लामो समय प्रधानाध्यापक भएर समेत सेवा   गरे । एमालेका पुराना नेताका रुपमा चिनिने मानन्धर शिक्षक संगठनबाट           राजनीति गर्दथे । 

– तारा सिन्तान
    माओवादी द्वन्द्धकालबाटै राजनीतिमा होमिएका सिन्तान थाहा नगरपालिका वडा नं. २ का स्थायी बासिन्दा हुन् । नेकपा माओवादी केन्द्र गठनपछि जिल्ला सदस्य रहेका सिन्तान जनजाति राजनीतिमा दख्खल राख्छन् । उनी निर्माण व्यवशायीसंग सम्बन्धीत कार्य गर्छन् भने व्यवशायी पनि हुन् । 

– कल्याण विक्रम घलान
शिक्षक संगठनबाट राजनीति गरिरहेका घलान अहिले पनि अध्ययापन गराउँछन् । घलान अधिवक्ता हुन् । तत्कालिन एमाले जिल्ला सदस्य रहेका घलान कृषि क्षेत्रमा पनि क्रियाशील  छन् । उनको कृषि फार्म पनि छ । एमाले निकट उद्योगी व्यशायीको संस्थाको उनी केन्द्रीय सदस्य हुन् । 

– विनायक गोले
पूर्व लडाकुकै रुपमा रहेका गोले सामाजिक काममा बढि ध्यान दिन्छन् । आग्राको डाँडाबासमा रहेको सुन्दरीदेवी माविका अध्यक्ष समेत रहेका गोले व्यवशायी हुन् । राजनीतिका क्रममा वैद्य माओवादीको युवा कमिटि रहेर राजनीति गरेक उनी माओवादी केन्द्रको पनि जिल्ला सदस्य भएका थिए ।

– रामचन्द्र बलः
थाहा नरपालिका वडा नं. ४ का बल ०७४ को स्थानीय तहको निर्वाचनमा समेत नगर प्रमुखको उमेद्वारको लागि चर्चामा आएका व्यक्ति हुन् । काठमाण्डौमा बसेर व्यवशाय गर्दै आएका बलको पृष्ठभूमि पत्रकारिता पनि हो । उनी लामो समयदेखि तत्कालिन एमालेमा आवद्ध भई राजनीति गर्दै आएकाछन् । 

– इश्वर रुम्बा
थाहा नगरपालिका वडा नं. ६ निवासी रुम्बा लामो समयदेखि राजनीतिमा छन् । उनले ०७४ को स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा उमेद्वारी दर्ता गराएर पछि फिर्ता लिएका थिए । गाउँमा उनी   राजनीतिभन्दा पनि माथि उठेर सामाजिक काममा तल्लिन हुने भएकोले आफ्नो क्षेत्रमा प्रिय मानिन्छन् । उनी तत्कालिन बज्रवाराही गाविसमा एक कार्यकाल उपाध्यक्ष भए । नेता रुम्बा राजनीतिमा जनजातिका मुद्दामा बढि ख्याल राख्छन् । 


– गौतम बुद्ध लामा
राजनीतिमा राम्रै समय दिने लामा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ केन्द्रीय सदस्य छन् । महासंघको मकवानपुर अध्यक्ष समेत भएका उनी आग्रा निवासी हुन् । स्थानीय क्षेत्रमा      राजनीतिमा चासो दिने लामा शिक्षक हुन् शिक्षक पेशा नै छोडेर राजनीतमा लागेका हुन् । 

– ठूली गोले
 थाहा नगरपालिका वडा नं. १ निवासी गोले महिलाको क्षेत्रमा क्रियाशील छिन् । खानीगाउँमा रहेर पनि महिला समूह र सहकारीहरुमा आवद्ध गोले सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील छिन् । उनी राजनीतिमा तत्कालिन एमालेबाट लामो समयदेखि क्रियाशील छन् । स्थानीय गुम्बा व्यवस्थापन समितिमा पनि आवद्ध छिन् । गोले महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)