Thursday, 10th September, 2026
वि.स.

नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनले लगाए भागबण्डा

Chunabbbbbbbbbb-1509519691.jpg

नेकपा एमाले र माओवादी केन्द्र गठबन्धनले प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिट भागबन्डा लगाएका छन् । 
प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा एमालेले ७५, माओवादी केन्द्रले ४६ र स्वतन्त्रलाई सात सिट दिइएको छ । यसअघि एमालेले २१ र माओवादीले १६ सिट लिएका थिए । 

एमालेले प्रतिनिधिसभामा कुल ९६ तथा माओवादी केन्द्रले ६२ सिट पाएको छ । प्रदेश सभाअन्तर्गत एमालेले १७५ र माओवादीले ९३ सिट लिएका छन् ।  आजको नयाँ पत्रिकामा खबर छ–राष्ट्रिय जनमोर्चा तथा हृदयेश त्रिपाठी समूहलाई ६ सिट छुट्याइएको छ । प्रदेश सभामा एमालेले १९८ र माओवादीले १२६ सिट पाएका छन् । पहिलो चरणमा प्रदेश सभाका लागि एमालेले ४१ र माओवादीले ३३ सिट लिएका थिए ।

एमाले र माओवादीको ६०९४० प्रतिशतबाहेक स्वतन्त्रलाई प्रतिनिधिसभामा सात सिट र प्रदेश सभामा ६ सिट दिइएको माओवादी नेता वर्षमान पुनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय जनमोर्चा, राप्रपा र हृदयेश त्रिपाठी समूहले स्वतन्त्र हैसियतमा प्रतिनिधिसभामा सात सिट पाएका छन् ।

वाम गठबन्धनले राप्रपालाई झापा ३, राष्ट्रिय जनमोर्चालाई प्युठान, सप्तरी ४, पश्चिम नवलपरासी, बाँके ४, कपिलवस्तु २ र ३ स्वतन्त्रलाई छुट्याएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । एमाले र माओवादीले आज प्रतिनिधि र प्रदेश सभा उम्मेदवारको आ–आफ्नो पार्टीले टुंगो लगाउने भएका छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०