nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपाले थाहानगरमा वडा कमिटि विस्तार थाल्यो, ७ नम्बरमा स्याङ्तानको नेतृत्व

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहानगरको ७ नम्बर वडा कमिटि गठन भएको छ । नेकपा थाहानगर कमिटिले पूर्णता पाएसंगै पहिलो पटक ३ मंसिरमा वडा नम्बर ७ मा कमिटि विस्तार गरेको हो । 

आग्राको चिसापानीमा भएको भेलाले ७ नम्बर वडा कमिटिको अध्यक्षमा राम बहादुर स्याङ्तान चयन भएकाछन् । वडा कमिटिको सचिवमा भने दिपेन्द्र स्याङ्तान निर्वाचित भएका हुन् । वडा कमिटि २९ सदस्यीय रहेको छ । 

थाहा–७ साविक नेकपा माओवादीको भागमा परेको वडा हो । थाहा नगरपालिकाको १२ मध्ये ६÷६ वटा वडा तत्कालिन एमाले र माओवादीले वडाको नेतृत्वका लागि बाँडफाँड गरेका छन् । तत्कालिन एमालेको भागमा वडा नम्बर २, ५, ६, १०, ११ र १२ परेको छ भने तत्कालिन माओवादीको भागमा वडा नम्बर १, ३, ४, ७, ८ र ९ नम्बर वडा परेको छ ।

थाहा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सनमसिं मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा प्रदेश–३ सचिवालय सदस्य विष्णु विष्ट आदर्श रहेका थिए । कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य कल्याण विक्रम घलान, राजु नापित, विनायक गोले, थाहानगर अध्यक्ष अरुण रायमाझी, सचिव सानुकाजी गोपाली तथा जनप्रतिनीधिहरु र पाटीका सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो । नेकपाको ४ र ५ नम्बर वडामा ४ मंसिरमा वडा कमिटि गठन गर्ने कार्यक्रम रहेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)