nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 10th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपाको राक्सिराङले पूर्णता पायो, भिमफेदीमा कार्यालय स्थापना

मकवानपुरको राक्सिराङ गाउँपालिकामा सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टीको स्थानीय तह कमिटीले पूर्णता पाएको छ । यो मकवानपुरमै पहिलो पटक पूर्णता दिने स्थानीय तह हो । 

पार्टीको विधान बमोजिम ७५ सदस्यीय गाउँपालिका संगठन कमिटीले पूर्णता पाएपछि सपथग्रहण गराइएको हो । गाउँ कमिटीका सदस्यहरुलाई सपथग्रहण गराउँदै नेकपा केन्द्रीय सदस्य तथा सांस्कृतिक विभाग प्रमुख केदार न्यौपानेले कम्युनिष्ट पार्टीका गतिविधिहरुलाई तीब्र ढंगले अघि बढाउन निर्देशन दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज रामेश्वर रानाले स्थानीय तहको निर्बाचनमा हार खाएको राक्सिराङ गाउँपालिकामा अर्को निर्बाचनमा नेकपा सत्ताधारी दलको रुपमा स्थापित हुने विश्वास ब्यक्त गरे । अर्की केन्द्रीय सदस्य एबम् सह जिल्ला इन्चार्ज कुमारी मोक्तानले पनि एकता प्रक्रियापछि अब कुनै भेदभाव नगरीकन संगठन निर्माण र जनताको आधारभूत आवश्यकताहरुको परिपूर्तिका लागि कम्युनिष्ट पार्टी लाग्नुपर्ने बताइन् ।

कार्यक्रममा जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद ओमबहादुर ग्लान, सचिव प्रेमबहादुर पुलामी, कार्यालय सदस्यहरु एकालाल श्रेष्ठ, बलराम बल, प्रमिला लामा, सचिवालय सदस्यहरु राजाराम स्याङ्तान, बनस्तम थिङ, गोविन्दराम चेपाङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने सचिवालय सदस्य लालबहादुर थापाले ७५ सदस्यीय गाउँ कमिटी घोषणा गरेका थिए ।

नेकपा राक्सिराङ गाउँ कमिटी अध्यक्ष हस्तबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव ओमकुमार स्याङ्तानले सञ्चालन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सानीकान्छी स्याङ्तान, निर्वाचित वडाध्यक्षहरु सिंगलाल चेपाङ, बाबुलाल स्याङ्तान, सन्जय कोइराला र चन्द्रसिंह चेपाङ सहभागी थिए ।

गाउँपालिका कमिटीले पूर्णता पाएसँगै अब वडा वडामा प्रशिक्षणात्मक कार्यक्रम आयोजना हुने नेकपाले जनाएको छ । यसअघि नै राक्सिराङ गाउँपालिकामा दुबै पार्टीका सदस्यहरु सम्मिलित वडा कमिटीहरु निर्माण भइसकेको छ ।

यसैबीच

भीमफेदी गाउँपालिकाको केन्द्र रहेको ६ नम्बर वडामा नेकपा चिमफेदी पार्टी कार्यालय स्थापना गरिएको छ । ४ वटा कोठा रहेको सरोज थापाको घर मासिक १० हजार रुपैयाँ भाडामा लिएर कार्यालय व्यवस्थापन गरिएको छ । 

कार्यालय व्यवस्थापनका लागि हालसम्म ५५ हजार रुपैयाँ खर्च भइसकेको र पार्टी कार्यालय व्यवस्थापनका लागि पार्टीकै नेता, कार्यकर्ताबाट सहयोग संकलन गरिने अध्यक्ष लामाले बताए । पार्टीलाई क्रियाशील बनाउन दीगो स्रोत व्यवस्थापनतर्फ पनि योजना बनाइएको थापाले बताए । पार्टीको जिल्ला कमिटीले गाउँ कमिटीलाई पूर्णता दिन निर्देशन भए बमोजिम आफूले गाउँको वडा कमिटीलाई पनि पूर्णता दिएर गाउँ कमिटी तयार पार्ने योजनामा आफू रहेको थापाले जानकारी दिए । 

पार्टीको गाउँ कमिटीको कार्यालय व्यवस्थापनका लागि एकजना पार्टी सचिव राखेर जनताको काममा सहजीकरण समेत गर्ने योजना अध्यक्ष थापाले सुनाए ।  गाउँपालिका नजिकै पार्टी कार्यालय स्थापना गरेर गाउँपालिकामा कामका लागि आउने जनतालाई सहयोग गर्ने गरी सक्षम व्यक्तिलाई कार्यालय सचिव बनाउने उनले योजना सुनाए । नेकपा भीमफेदी गाउँ कमिटीको सचिवमा दिपक गोले रहेका छन् । पार्टी एकीकरणपछि निर्माण भएको गाउँ कमिटीलाई एक बनाएर सक्रिय बनाउन आफू जिम्मेवार भएर सक्रिय रहने अध्यक्ष थापाले बताए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)