nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

निर्वाचन आयोग भन्छ-"निर्वाचन अधिकृतलाई मतगणना कहिलेबाट र कहाँ गर्ने भन्ने अधिकार छ"

निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहको केन्द्रमा नै गर्ने निर्णय गरेको छ । मतपेटिका ओसार-पसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म नलैजाने र स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले  भने, ‘२८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुन्छ । त्यसको अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई दिइएको छ । मतगणना सम्बन्धमा आयोगले थप निर्णय गर्नुपर्दैन ।’

मतगणना कहिलेबाट र कहाँ गर्ने भन्ने अधिकार निर्वाचन ऐनले नै निर्वाचन अधिकृतको कार्यालयलाई दिएको छ । निर्वाचन अधिकृतको कार्यालयले स्थानीय राजनीतिक दलसँगको समझदारीमा मतगणना हुने स्थान तथा समय टुंगो लगाउने र त्यसबारे सूचना टाँसेर जानकारी दिने कानुनी व्यवस्था छ ।