Thursday, 10th September, 2026
वि.स.

निर्बाचनपछि काँग्रेसको लुटतन्त्र र झुटतन्त्रको अन्त्य हुन्छ–खतिवडा

birodh-khatiwada-1512039062.jpg

वामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार बिरोध खतिवडाले आगामी निर्बाचनपछि काँग्रेसको लुटतन्त्र र झुटतन्त्रको अन्त्य हुने बताएका छन् । १४ मंसिरमा मकवानपुरका उत्तरी क्षेत्र थाहा नगरपालिकाको चित्लाङ र टिष्टुङमा भएको कार्यक्रममा बोल्दै खतिवडाले चुनावको नतिजापछि वामगठबन्धनको जितसँगै काँग्रेसको हैसियत स्पष्ट हुने बताए । जनतालाई ढाँट्दै छल्दै यहाँसम्म आईपुगेको काँग्रेस अब सक्किने खतिवडाले दावि गरे । उनले भने–‘ जनताले अब काँग्रेसलाई बिश्वास गर्ने वाताबरण नभएको उनले प्रष्ट पारे ।’ बारम्बार जनता झुक्याएर सत्ता कब्जा गर्ने काँग्रेसको रणनिति फेल भएको उनको भनाई थियो । 

यसैगरी कार्यक्रममा बोल्दै प्रदेश (क) का उमेद्वार कुमारी मोक्तानले देशमा जनताले बिकास चाहेको बताईन् । फोस्रा कुरामा जनता नअल्मलिन बताउँदै जनताको चाहना अनुसार आफूले काम गर्ने बताईन् । आफूले जितेर जनताको भाबना अनुसार कार्य नगरे फेरी फर्केर भोट माग्न आउने नैतिकता सक्किने बताइन् । 

कार्यक्रममा निबर्तमान सँसद सुवासचन्द्र ठकुरी, अनेरास्वबियुका केन्द्रिय उपाध्यक्ष महेश बर्तौला, माओबादि केन्द्रका नेता अरुण रायामाझी, थाहा नगरपालिकाका मेयर लबसेर बिष्ट, समानुपातिक उमेद्वार रामचन्द्र बल, वाइसिएलका केन्द्रिय सचिब प्रकाश पाण्डे, वडाध्यक्ष किरणमान बल, एमाले जिल्ला सदस्य देबराज रीमाललगायतकाले बोलेका थिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०