nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

नापी कार्यालय आफ्नै भवनमा सर्यो

निर्माण सम्पन्न नभएको कारण भाडामा सञ्चालन हुँदै आएको मकवानपुर को नापी कार्यालय आइतबारबाट आफ्नै कार्यालय सरेको छ। गत कात्तिक १० गते भाडामा बसेको कार्यालयका भीषण आगालागी भएपछि बन्द रहेको कार्यालय आइतबारबाट भने हेटौंडा–२ जिल्ला शिक्षा कार्यालय अगाडि रहेको आफ्नै कार्यालयबाट काम सुचारु गरेको हो । 

आगलागीका कारण सेवा बन्द गरेको नापी कार्यालयले सोही दिनबाट सबै प्रकारको सेवा प्रदान गर्न थालेको छ । कार्यालयको भवन निर्माणको लागि काठमाण्डौको महादेव खिम्ति निर्माण सेवा प्रा।लि।ले १ करोड ११ लाख ६७ हजार रुपैंयामा वि।स २०६८ असोज ५ गते १३ महिना भित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। २०६९ कार्तिक मसान्तसम्म सम्पन्न गर्ने भनी सम्झौता गरे पनि पटक–पटकको म्याद थप गरी ठेक्का पाएको पाँचबर्षपछि भवन निर्माण पुरा गरेको छ ।

हेटौंडा ३ स्थित भाडाको भवनमा रहेको नापी कार्यालयले करिब ५ महिना अघि हेटौंडा ५ कन्तिराज पथमा मासिक एकलाख भाडा तिर्ने गरी सरेको थियो । कन्तिराजपथमा रहेको कार्यालयको भवनको तल्लो तलामा रहको होटलबाट आगलागी सुरु भई नापी कार्यालयमा समेत क्षति पुगेको थिया