nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नयाँ शक्ति मकवानपुरले थाल्यो चुनावी अभियान

नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारहरु चुनावी अभियान लिएर मकवानपुरका विभिन्न स्थानहरुमा पुगेका छन् । नयाँ शक्तिका प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) का उम्मेदवार राजन मैनालीले आफ्नै टोलमा २२ कार्तिकमा माग्न पुगेका छन् ।

उनले हेटौँडा नगरपालिकाको ४ नम्बर वडास्थित प्रजातान्त्रिक टोल र एकता टोलबाट घरदैलो सुरु गरेका हुन् । महिला टोलीले नेतृत्व गरेको घरदैलोमा सम्पूर्ण कुमारी सिग्देल र रमा खरेलसहितको टोलीको सहयोग थियो । घरदैलो पश्चात एकता टोलको चोकमा कोणसभा पनि गरिएको मैनालीले जानकारी दिए । एकता टोलमा उम्मेदवार मैनालीको आफ्नै निवास पनि रहेको छ । उनलाई टोलवासीले समर्थन गर्ने ऐक्यबद्धत्ता जाहेर गरेको उनको भनाई छ ।

त्यस्तै नयाँ शक्तिका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रल्हाद लामिछानेले पनि छतिवन, जुरेली, धियाँल लगायतका क्षेत्रमा घरदैलो गरेका छन् साथै प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार सोनाम सिं स्याङ्तान र प्रदेश सभा क्षेत्र नम्बर २ (क) को उम्मेदवार ध्रुवराज ढकाल पनि घरदैलोका लागि थाहा नगरपालिकाको पालुङ क्षेत्रमा वडा नम्बर १ २ र ३ का विभिन्न स्थानहरुमा पुगेका छन् । उनीहरुको टोलीमा ज्योति रायमाझीसहितको टोली सहभागी भएको मैनालीले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)