nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नयाँ शक्ति मकवानपुरका केन्द्रीय सदस्य र दुईजना उम्मेद्वार सहित ६० जना माओवादी केन्द्रमा प्रवेश  

नयाँ शक्ति केन्द्र मकवानपुरलाई निर्वाचनको मुखमा गम्भिर झड्का लागेको छ । केहि दिन अघिमात्र मकवानपुरका संयोजक तथा निर्वाचन क्षेत्र नंबर १ का उम्मेद्वार प्रल्हाद लामिछाने तथा क्षेत्र १ (क) का उम्मेद्वार नारायण सापकोटा सहितका नेताहरु वाम गठवन्धनको एमालेमा प्रवेशगरेको एक हप्ता वित्न नपाउँदै आज नयाँ शक्तिका ६० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा नयाँ शक्तिका केन्द्रीय सदस्य मिनकुमारी वाईवा, राजकुरमा वाईवा तथा नयाँ शक्तिको तर्फबाट समानुपातीक उम्मेद्वार तथा नयाँ शक्ति स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष उत्सव चौलागाई , समानुपातीक उम्मेद्वार पुनम भट्राई, जिल्ला सदस्यहरु ज्ञानेन्द्र लामिछाने, आत्मराम मोक्तान, अष्टबहादुर थोकर, सानुकान्छा दोङ सहितका रहेका छन् ।

पार्टी प्रवेशसपछि प्रतिक्रिया दिँदै समानुपातिक उम्मेद्वार उत्सव चौँलागाईले नेपालमा स्थानीय वाम सरकारको आवश्यक्ता महशुस भएको कारण आफुहरु वाम गठवन्धनमा सम्मिलित भएको बताए । कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले अव देशमा वाम गठवन्धनको विकल्प नरहेको बताईन् । वाम गठवन्धननै समृद्ध नेपालको आधार भएको भन्दै सबै वाम निकट पार्टीहरुलाई गठवन्धनमा एकताको लागि उनले आग्रह समेत गरिन् ।

नव प्रवेशीहरुलाई माओवादी केन्द्रका मकवानपुर संयोजक प्रेमबहादुर पुलामी, पोलिटब्युरो सदस्य मोक्तान, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष विजय गौतम लगाएतका नेताहरुले स्वागत गरेका थिए ।
 
तरुण दल मकवानपुरका जिल्ला नेता एमालेमा प्रवेश

तरुण दल मकवानपुरका जिल्ला सदस्य तथा पश्चिम मकवानपुरका प्रभावशाली युवा नेता सुमन गोम्वा लामा एमालेमा प्रवेश गरेका छन् । हेटौँडामा भएको पार्टी प्रवेश कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका हुन् । पश्चिम मकवानपुरको राक्सीराङ गाउँपालिकाका उनी युवा ब्यवसायी समेत हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईले युवाहरु अव समृद्ध नेपाल निर्माण गर्ने वाटोमा अग्रसर हुनुपर्ने बताएका छन् । युवाहरुको आशा भनेकै वाम गठवन्धन भएको बताउँदै उनले सबै युवाहरुलाई वाम गठवन्धनमा एकिकृत हुन आग्रह समेत गरेका छन् । कार्यक्रममा नवप्रवेशी लामालाई एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले स्वागत गरेकि हुन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)