Saturday, 27th July, 2024
वि.स.

नयाँ शक्ति निकट मजदुर संगठन श्रम कार्यालयमा दर्ता

नयाँ शक्ति निकट नेपाल समाजवादी औद्योगिक मजदुर संघ एशियन पेन्ट्स इकाइले प्रतिष्ठान स्तरको ट्रेड यूनियन श्रम कार्यालय हेटौंडामा दर्ता गरेको छ । 
इकाई अध्यक्ष सन्तोष खड्काको नेतृत्वमा प्रतिष्ठान स्तरको इकाई दर्ता गरिएको हो । नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन परित्याग गरि नयाँ शक्ति निकट मजदुर संगठनको प्रतिष्ठान दर्ता गरिएको खड्काले जानकारी दिए । यसरी माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संगठन परित्याग गर्नेहरुमा इकाइका अध्यक्ष यज्ञ प्रसाद अधिकारी, उपाध्यक्ष र अमरदिप रञ्जीतकार, सचिव श्रीकृष्ण भण्डारी, सह सचिव खड्का, कोषाध्यक्ष दिपक थापा रहेका छन् । 
त्यस्तै सदस्यहरुमा प्रचण्ड घिमिरे, लक्ष्मण छत्कुली, रमेश दाहाल, नरेन्द्र थापामगर, राजन सहनी, लाहान थारु लगायत सल्लाहकार द्वय दिपक तिमल्सिना र सोमनाथ तिमल्सिना समेत नयाँ शक्ति निकट औद्योगिक मजदुर संघमा प्रवेश गरेको मजदुर उत्प्रेरक ज्ञानेन्द्र लामिछानेले जानकारी दिए । १ यस १८ मजदुर सदस्य रहेको संगठनको ५९ जनाले समाजवादिमा मजदुर संघमा प्रवेश गरिएको हस्ताक्षर समेत गरिएको दाबी समेत लामिछानेको रहेको छ । लामिछानेले यस अघि नै संगठन छोडेर नयाँ शक्ति मजदुर संघमा आबद्ध भएको समेत दाबी गर्नुभयो भने केन्द्रले लामिछानेलाई यस अघिनै जिल्ला सदस्यबाट कारवाहि गरिसकेको जनाएको छ । श्रम कार्यालय हेटौंडामा दर्ता भएको प्रमाण पत्र ०४।०७३।७४ नम्बर रहेको छ ।