Friday, 11th September, 2026
वि.स.

नयाँ शक्तिका युवा नेता एमाले प्रवेश गरे

नयाँ शक्ति पार्टी मकवानपुरका युवा नेता तथा नयाँ शक्ति संघिय परिषद सदस्य सुवोध रिमाल सहित नयाँ शक्ति मकवानपुरका ५ जना नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले मकवानपुरको पार्टी कार्यालय हेटौँडामा २३ कार्तिकमा भएको कार्यमबिच नयाँ शक्तिका रिमाल सहित जिल्ला सदस्यहरु प्रेम बोलखे, कृष्ण थापा, नयाँ शक्ति निकट युवा संगठनका जिल्ला सचिवालय सदस्य सन्तोष पाण्डे तथा समाजवादी सेक्युरिटि संगठन मकवानपुरका जिल्ला अध्यक्ष भक्त केसी एमालेमा प्रवेश गरेका हुन् । 

कार्यक्रममा उनीहरुलाई एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष मुनु सिग्देलले टिका तथा खादा लगाएर एमालेमा स्वागत गरेका थिए । प्रवेशपछि मन्तब्य ब्यक्त गर्दै रिमालले अव मुलुकमा वामपन्थी एकता आवश्यक भएको र त्यसको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएकोले आफुहरु एमालेमा प्रवेश गरेको बताए । यो निर्वाचनमा वामपन्थी दललाई दुई तिहाई मत दिलाउन आफुहरु लागिपर्ने उनले बताए । 

कार्यक्रममा नेकपा एमालेको तर्फबाट प्रदेश नंबर १ (२) का उम्मेद्वार डोरमणी पौडेल, जिल्ला सचिव एकालाल श्रेष्ठ, मोर्चा विभाग प्रमुख श्रिधर पोखरेल, जिल्ला सचिवालय सदस्य जुनेली श्रेष्ठ, जिल्ला लेखा आयोग अध्यक्ष तेजप्रसाद रुपाखेती, जिल्ला सचिवालय सदस्य हिदम लामा, देबराज रिमाल, धु्रव चौलागाई, तिलक अधिकारी, माधव तिमल्सिना, उपेन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०