nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नयाँ पुस्तालाई रुपचन्द्र विष्ट चिनाउन लेकाली माविमा कविता वाचन हुने

मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ९ मा रहेको लेकाली बसीफाँट माध्यामिक विद्यालयले विद्यार्थी, अभिभावक तथा स्थानीयहरुसँग थाहा आन्दोलनबारे चर्चापरिचर्चा गर्ने भएको छ । 

रुपचन्द्र विष्टको २० औ स्मृति दिवस ७ असारको अवसरमा कार्यक्रम गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद लामाले जानकारी दिए ।  स्मृति दिवसलाई मध्यनजर पारेर असार ६ गते सो कार्यक्रम गरिन लागेको  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामाले जानाकारी दिए । अध्यक्ष लामाले संचारकर्मीहरुसँग कुरा गर्दै रुपचन्द्र विष्ट र उनले चलाएको थाहा आन्दोलनबारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले मात्र नभएर थाहा आन्दोलनमा लागेका पुराना पुस्ताहरुसँग पनि थाहाको विषयमा परिचर्चा गरिने बताए ।

बसीफाँट माविका प्रधानाध्यापक एलएल मण्डलले विद्यार्थीको सिकाईमा थाहाका दर्शनलाई जोड्ने र समय सान्दर्भिक बनाउने धाराणा व्यक्त गरे । विद्यालयका शिक्षक एस लामाले हेटौडा, काठ्माडौ र थाहानगरका दुई दर्जन भन्दा बढि स्रष्टाहरुले साहित्य सिर्जनाहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी दिए । कार्यक्रममा थाहाका अभियान्ता एवम् प्रत्यायोजित समितिका सभापति रामनारायण विडारीको उपस्थिति रहने आयोजकले बताएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)