nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नगर सफा गर्ने एउटा अभियानमा ‘बोतल गार्डेन’

उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित एउटा निजी विद्यालयको गेटबाट भित्र छिर्ना साथ कोक तथा स्प्राइटका जम्बो बोतलहरु झुण्ड््याइका दृश्य देखिन्छ । भुइँभरि पानीका बोतलहरु लडाइएका छन्् । पानीका बोतलहरुका रायो साग र धनियाँहरु हुर्किरहेको छ । जम्बो बोतलहरुमा प्याजका बोटहरु हुर्किरहेका छन्् । झट्ट हेर्दा कुनै बगैँचाको दृश्य जस्तो देखिन्छन्् । तर, त्यो पालुङ भ्याली हार्ट एकेडेमीको बगैँचा हो । बगैँचामा विभिन्न फूलहरुका साथै दैनिक भान्छामा प्रयोगमा आउने सागपातहरु हुर्काएका छन्् ।

विद््यालयले जग्गा अभावमा त्यसरी बोतलमा फूल तथा साग रोपेको भने होइन, विद््यार्थीहरुको घरघरबाट निस्कने बोतलहरु सडक तथा नालीमा नफ््याकुन भन्ने उद्देश्यले त्यसरी बोतल गार्डेन बनाएको संस्थापक प्रधानाध्यापक सुरेन्द्रमान प्रधानले बताए । उनले भने, ‘विद््यार्थीले मार्कशीटमा पाउने अंक नै उनको उपलब्धि होइन, उसले के सिक्यो भन्ने कुरा महत्वपूर्ण हो, त्यसैले हामीले विद््यार्थीहरुले सरसफाइमा ध्यान दिउन्् भन्नका लागि यो बोतल गार्डेन बनाएका हौँ ।’ विद््यालयले बोतल मात्र होइन गाडीका टायरहरुको पनि सदुपयोग गरेको छ । टायरमा ठूला प्रजातिका विरुवाहरु रोपिएका छन्् । विद््यालयका प्रिन्सिपल कतै जाँदा बाटोमा बोतल भेटिए टिपेर गाडीमा राख्छन्् ।

बोतल गार्डेनलाई व्यवस्थित गर्न विद््या वि.क.लाई मालीमा नियुक्त गरेका छन्् । प्रिन्सिपल प्रधान भन्छन््, ‘हामीले विद््यालयका सबै बाहिरी भित्ताहरुमा यसैगरी बोतलले सजाउने अभियान गरिरहेका छौँ ताकि, यहाँ आएर जाने विद््यार्थी तथा अभिभावकहरुले पनि यसको अनुशरण गरुन्् र नगरलाई फोहर मुक्त बनाउन टेवा पु¥याओस्् ।’ विद््यालय भरि बोतलहरु झुन्ड््याउनका लागि करिब ५ हजार वटा जम्बो बोतल लाग्ने उनले बताए । थाहा नगरपालिकाको सबैभन्दा ठूलो समस्या सरसफाइ नै हो, नगरले अहिलेसम्म फोहर व्यवस्थापनका लागि स्थान छनौट गर्न सकेको छैन । यो अवस्थामा विद््यालले गत वर्षदेखि नै सुरु गरेको यो अभियानले केहि टेवा पु¥याएको छ ।

प्रिन्सिपल प्रधानले थाहा नगरपालिकाका धेरै कर्मचारीहरुलाई पनि यो गार्डेन देखाइसकेका छन््, ‘यो अभियान देखेर सबैले खुसी व्यक्त गरेका छन्् ।’ उनले भने, ‘सबै विद््यालयले यो अभियान संचालन गर्ने होभने नगर यत्तिकै सफा हुन्छ ।’ कक्षा १० सम्म संचालित यो विद््यालयमा ५ सय विद््यार्थी रहेको भ्याली हार्ट ८ वर्षअघि सुरु गरिएको हो । विद््यालयले बोतल तथा खेर जाने कागजहरुलाई सदुपयोग गर्दै शैक्षिक सामग्रीहरु समेत बनाउने गरेको छ ।