Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नख्खु जेलबाट सुरुङ विद्रोह गर्ने मवानपुरका कम्युनिष्ट नेता थला परे, राज्यबाट बेवास्ता

lama-jr-1543191396.jpg

२०३३ साल बैशाख १२ गते शुक्रवार राती नख्खुजेलबाट सुरुङ विद्रोह गर्ने १५ जना तत्कालिन राजवन्दी मध्येका एक वीरबहादुर लामा विगत दुइहप्तादेखि गम्भिर विरामी भएर पाटन अस्पताल ललितपुरमा भर्ना भएका छन् । लामाको स्वास्थ्य स्थिति दीनप्रतिदिन खस्कीँदै गएपनि राज्य तथा अन्य सरोकारवाला निकायद्धारा बेवास्ता गरिएको पाइएको छ ।

लामा करिव दुई हप्तादेखि उच्च रक्तचाप, मधुमेह तथा मृगौलामा समस्याका कारण अस्पताल भर्ना भएर उपचार गरिरहेका छन् । उनलाई शनिबार डिस्चार्ज गर्ने भनिएकामा फेरी मृगौलामा समस्या देखिएपछि थप निगरानीमा राखिएको छ ।

चिकित्सकहरुले डाइलसीस गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । उनी तत्कालिन नेकपा एमालेका लागि जीवन समर्पण गरेका एक संघर्षशील व्यक्तित्व हुन् । उनी पुर्व सांसद तथा मकवानपुर जिविसका पुर्व सभापति समेत भएका थिए । उनी पछिल्लो कालमा फाखेल स्थित निवासमै उच्च रक्तचापका कारण ढलेपछि उनलाई आकश्मिक रुपमा अस्पताल ल्याइएको हो ।

लामो समयदेखि मधुमेह र उच्च रक्तचाप तथा मुटु रोगको समेत समस्यामा रहेका लामालाई दुइ हप्ता अघिको शनिबार पाटन अस्पतालको आकश्मिक सेवामा भर्ना गरिएको थियो । अहिले उनको जेष्ठ नागरिक वार्डमा उपचार भइरहेको छ ।

सुगर तथा प्रेसरको नियमित औषधी सेवन गरीरहेका लामा पछिल्लो पटक राजनीतिक गतिविधीहरुमा पनि स्वास्थ्यको कारण खासै सक्रिय हुन सकेका थिएनन् । नख्खुजेल विद्रोहका एक कमाण्डर समेत रहेका लामा पछिल्लो पटक अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा आवद्ध थिए । त्यस पार्टीमा पनि राईको हुकुमी शैलि मन नपरेको भन्दै पूर्व एमाले रिजवान अन्सारी र लामा मिलेर अर्को पार्टी गठन गरेका थिए ।

पछिल्लो समय लामा त्यहा पनि सन्तुष्ट हुन नसकेपछि दुई कम्युनिष्ट पार्टी मिलेर नेकपा बनेसंगै नेकपाका नेताहरुसंग नजिकिएर ‘पूर्व राजनीतिक घर’ फर्कन सकारात्मक रहेको बताइन्छ ।

लामा विरामी भएको खबर फैलिएसंगैं उनका शुभचिन्तकहरु अस्पतालमा भेट्न जाने क्रम बढेको बताइन्छ । तर एमालेबाट मन्त्री बनेका र राज्यको विभिन्न ओहदामा पुगेका हरुले भने यस्तो बेलामा एक कल फोन गरेर समेत चासो नराखेकोमा परिवारले गुनासो गरेको छ ।

यता संघीय संसदको प्रत्यायोजित व्यवस्थापन समितिका सभापती रामनारायण बिडारीले पुर्व सांसद एवं मकवानपुर जिल्ला विकास समितिका सभापती वीरबहादुर लामाको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । सभापती बिडारी शनिबार ललितपुर स्थित पाटन अस्पताल पुगेर लामाको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

मकवानपुरका पुर्व सांसद तथा तत्कालिन नख्खु जेलको सुरुङ विद्रोहका नायक भेटमा सभापती बिडारीले आफु स्वास्थ्य लाभको कामना गर्न आएको भन्दै स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता जनाउनुभएको थियो । लामाले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता राखेकोमा धन्यवाद दिएका छन् ।

भेटघाटमा नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शन्तराम बिडारी, इन्द्रशरोबर गाँउपालिकाका अध्यक्ष जीवन लामा लगायत सहभागी थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०