Thursday, 10th September, 2026
वि.स.

धेरै कैचिहरु मिलाएर बच्चरो बनाउने अनि बुढो रुख ढाल्ने दिन आयो:  डोरमणी पौडेल

dormani-sir-1511862601.JPG

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ अन्र्तगत प्रदेशसभा क्षेत्र (ख) का वाम गठवन्धका उम्मेद्वार डोरमणी पौडेलले नेपालमा वाम गठवन्धनको निर्माण समृद्ध नेपालको लागि भएको बताएका छन् । १२ मंसिरमा हेटौँडा १३ मा भएको चुनावीसभा मा बोल्दै पौडेलले भने ः‘ २००७ सालबाट २०१५ सम्म र २०४६ पछिको अधिकांश समयमा कांग्रेसले सरकारको नेतृत्व गरेको र त्यो समयमा नेपालको कुनै हित हुने काम नभएकोले वाम गठवन्धन निर्माण भएको हा ।’

उनले भने ः ‘हामीले पहिला पनि साना साना कैचिहरुबाट बुढो रुखलाई ढाल्ने प्रयत्न गरिकौँ हो तर सकिएन, यो पटक वाम गठवन्धनको निर्माण गरि धेरै कैचिहरु मिलाएर ठुलो बञ्चरो निर्माण गरेका छौ र बुढो रुख ढाल्छौ । ’

समृद्ध नेपाल निर्माणको लागि वाम गठवन्धनको अपरिहार्य भएकै कारण केन्द्रले उक्त निर्णय लिएको बताए । वडा नंबर १३ निर्वाचन परिचालन कमिटि संयोजक मनोज वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रय सल्लाहाकार धनप्रसाद गौतम, समानुपातिक उम्मेद्वार जुनेली श्रेष्ठ, निर्वाचन क्षेत्र नंबर निर्वाचन परिचालन कमिटिका सह संयोजक भीम पाख्रीन, प्रदेश (ख) का संयोजक श्रीधर पोखरेल, सह संयोजक वालकृष्ण चौलागाई, एमाले नेता विष्णु दाहाल, एमाले वन विभागका भारती पाठक, जिल्ला सदस्यहरु माधव तिमल्सिना, युवा संघ जिल्ला अध्यक्ष सन्तोष चौलागाई, वाइसिएल जिल्ला सचिव लवराज ठकुरी, रामजी नेपाल लगाएतको उपस्थिती रहेको थियो । टोलीले हेटौंडा १३ को पदमपोखरी, टुटेपानी, सिमपानी, ठुलोथली, बिचटोल, बनस्पतिमा घरदैलो तथा आमसभा गरीएको थियो । कार्यक्रममा सास्कृतिक टोलिद्वार सास्कृतिक कार्यक्रम समेत गरीएको थियो । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०