nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्यूटको भूकम्प !

मकवानपुर थाहानगर र आसपासका क्षेत्रहरुमा भूकम्पको धक्का महसुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाका अनुसार धादिङको नौबिसे केन्द्र भएर बिहान ६ बजेर २९ मिनेटमा ५.२ म्याग्नेच्युटको भूकम्प गएको छ । त्यसको १० मिनेटपछि सोही ठाउँमा केन्द्र बनाएर ४.३ म्याग्नेच्यूटको भूकम्प गएको छ ।

भूकम्पको धक्का थाहानगर, मकवानपुर सहित धादिङ, काठमाडौं नुवाकोटलगायतका क्षेत्रमा पनि महसुस भएको छ । २०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा धेरै मानिस बाहिरै निस्किएका छन् । तर भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ ।