nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

धमिलेफॉटको ५ विघा क्षेत्रफमा रहेको तरकारीबालाीमा क्षति

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं ३ धमिलेफॉट स्थित तिमल्सीना कृषि तथा फलफुल फर्मले ५ विघा क्षेत्रफमा रहेको तरकारीबालाीमा क्षति पुगेको छ । 

हावाहुरीले क्षति पुगेको बाली । फोटो सौजन्यः चन्द्रकान्त चौधरी

यहि ३ वैशाखमा आएको हावाहुरी तथा पानीले फर्ममा लगाइएको कॉक्रो, हरियो फर्सी र फर्सीको मुन्टामा क्षति पुगेको फर्मका संचालक बद्री प्रसाद तिमल्सीनाले जानकारी दिए । जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गरिएको उक्त फर्मको तरकारी करिब ३० प्रतिशत क्षति भएको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिए । उक्त क्षति भएको तरकारीबालीमा करिब दुई लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ । 

हावाहुरीले मकै र चैते धान भर्खर लगाएको हुँदा त्यसमा भने खासै क्षति नभएको प्राविधिक चौधरीले बताए । 

हावाहुरीले क्षति पुग्नु पहिलेको बाली । फोटो सौजन्यः चन्द्रकान्त चौधरी

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)