Wednesday, 26th August, 2026
वि.स.

धमिलेफॉटको ५ विघा क्षेत्रफमा रहेको तरकारीबालाीमा क्षति

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं ३ धमिलेफॉट स्थित तिमल्सीना कृषि तथा फलफुल फर्मले ५ विघा क्षेत्रफमा रहेको तरकारीबालाीमा क्षति पुगेको छ । 

हावाहुरीले क्षति पुगेको बाली । फोटो सौजन्यः चन्द्रकान्त चौधरी

यहि ३ वैशाखमा आएको हावाहुरी तथा पानीले फर्ममा लगाइएको कॉक्रो, हरियो फर्सी र फर्सीको मुन्टामा क्षति पुगेको फर्मका संचालक बद्री प्रसाद तिमल्सीनाले जानकारी दिए । जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गरिएको उक्त फर्मको तरकारी करिब ३० प्रतिशत क्षति भएको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिए । उक्त क्षति भएको तरकारीबालीमा करिब दुई लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ । 

हावाहुरीले मकै र चैते धान भर्खर लगाएको हुँदा त्यसमा भने खासै क्षति नभएको प्राविधिक चौधरीले बताए । 

हावाहुरीले क्षति पुग्नु पहिलेको बाली । फोटो सौजन्यः चन्द्रकान्त चौधरी

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif