Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

देशलाई भ्रष्ट र कंगाल बनाउने मण्डले पछि काँग्रेस–पौडेल

वामगठबन्धनको ६ मंसिरमा वाग्मती गाउँपालिकाको फापरबारीमा बिशाल चुनावी जनसभा सम्पन्न भएको छ । सभामा बोल्दै पूर्ब साँसद अनन्त पौडेलले देशलाई भ्रष्ट र कंगाल बनाउने मण्डले पछि काँग्रेस भएको बताएका छन् । देशमा भएका बिभिन्न बिकास निर्माणका योजना तथा धेरै उद्योगहरु बन्द गराउन काँग्रेस र मण्डलेको हात रहेको पौडेलको भनाई थियो । 

त्यसैगरी सभामा बोल्दै वामगठबन्धनका प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले अब वाम गठबन्धनको स्थायी सरकार बन्ने बताए । वामगठबन्धनको स्थायी सरकार बनेपछि रोजगारीका लागि युवाहरु बिदेश जान नपर्ने बताए । प्रतिनिधि सभा प्रदेश क का उमेद्वार प्रेमबहादुर पुलामीले वामगठबन्धनको जित नै जनताको जित भएकोले वामगठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे । वामगठबन्धनले जिते देशले बिकास र निकास पाउने उनले बताए ।

वाग्मती गाउँपालिका निर्बाचन परीचालन कमिटिका संयोजक ज्ञानसागर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा एमालेका ३ नम्बर प्रदेश सदस्य रामचन्द्र राई, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का निर्बाचन परीचालन कमिटि सहसंयोजक भिम पाख्रिन, प्रदेश सभा क का संयोजक कमानसिंह पाख्रिन, वाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान, भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, नेकपा माओबादि केन्द्र जिल्ला कार्यालय सदस्य बिबेक राई, प्रमिला लामा पुलामी, एमाले जिल्ला सचिवालय सदस्य अणराज जर्घा मगर, जिल्ला सदस्य मंगल रखाल, नेकपा माओबादि केन्द्रका जिल्ला सदस्य जयबहादुर वाईवा,  वाईसिएल जिल्ला ईन्चार्ज जिबन लामा, जिल्ला संयोजक सुमन पाख्रिन, वाग्मती गाउँपालिका निर्बाचन परीचालन कमिटि सहसंयोजक शर्मिला बिकलगायत नेकपा एमाले तथा नेकपा माओबादि केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०