Thursday, 10th September, 2026
वि.स.

देशलाई अघि बढने नदिने लोकतान्त्रिक गठवन्ध चुनावपछि सकिन्छ ः पोखरेल
५ सय १२ जना गठवन्धनमा प्रवेश

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचवालय सदस्य लिलामणी पोखरेलले वाम शक्तिले नयाँ नेपालको निर्माण गर्ने बताए । नयाँ नेपाल निर्माणको लागिनै वाम एकता भएको बताउँदै अब कोहि रुदैमा, कराउँदैमा वाम एकतालाई भाँडन नसक्ने ठोकुवा समेत गरे ।

पुर्वि मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ४ मा आज वाम गठवन्धनको भब्य चुनावीसभा बोल्दै उनले प्रतिनिधि तथा प्रदेशसभामा वाम गठवन्धनको दुई तिहाई मत आउने बताए ।  उनले देशलाई कहिल्यै अघि बढन नदिने तत्वहरु यो चुनावबाट समाप्त हुने दाबी समेत गरे । मुलुकमा भएका सबै सकारात्मक परिवर्तन वाम शक्ति सरकारमा भएको प्रमाण समेत रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले वाम शक्तिनै विकासको मुल फुटाउने शक्ति भएको बताए । कमल थापा र इन्द्र बाँनीयाप्रति कटाक्ष गर्दै दाहालले भने; २०१३ सालमा सुरु भएको कान्तीलोकपथलाई मैले बनाएको हुँ भन्दै हिडनेको विश्वास जनताले कुनैपनि हालतमा नगर्ने बताए । उनले भने; गणतन्त्रमा समेत राजा चाहिन्छ भन्दै हेलीकप्टरमा आउनेहरुको हैसियत अब २१ गते हुने मतदानमा जनताहरुले राम्रोसँग देखाईदिन्छन् ।

कार्यक्रममा बोल्दै प्रदेशसभा(क) का उम्मेद्वार प्रेमबहादुर पुलामीले लोकतान्त्रिक गठवन्धनका उम्मेद्वारहरु जनतासँग डराएर जमिनबाट हिडन समेत नसक्ने अवस्थामा पुगेको बताए । प्रतिगमनका नाईकेहरुलाई बोकेर हिडने कांग्रेसले आफुलाई लोकतन्त्रको हिमायती ठान्नु हास्यस्पद कुरा भएको उनको भनाई रहेको थियो ।  कार्यक्रममा चर्चित हास्य कलाकार केदार घिमिरेले समेत आफ्नो प्रस्तुती मार्फत वाम गठवन्धनलाई विजयी गराउनको लागि आग्रह गरेका थिए ।

सभामा नेपाली कांग्रेस, राप्रपा, नयाँशक्ति र स्वतन्त्रगरि ५ सय १२ जना प्रवेश गरेका छन् ।  वाम गठवन्धको तर्फबाट निर्वाचन परिचालन समिति बकैयाका सहसंयोजक कृष्णप्रसाद चौँलागाईको अध्यक्षतामा भएको कार्यक्रममा वाम नेताहरु अनन्त पौडेल, रामचन्द्र राई, बद्री लम्साल, मानकुमारी नेपाली, पद्मा पौडेल, हिदम लामा, अनिल बाँनीया, कौशल पाण्डे, लक्ष्मी पाख्रीन, पार्वती राना, कमानसिंह पाख्रीन, कमल विष्ट, विष्णु दाहाल, प्रल्हाद लामिछाने, दलबहादुर वाईवा, लक्ष्मी माझी, सरला वोलखे लगाएतको आतिथ्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०