nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

देशभर ४, ५ सिटमा उम्मेद्वार दिने पार्टीका नेताले प्रधानमन्त्री बन्छु भन्नु हास्यस्पद  ः दाहाल

नेकपा एमालेका मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का वाम गठवन्धन उम्मेद्वार कृष्णप्रसाद दाहालले देशभर ४, ५ वटा निर्वाचन क्षेत्रमा उम्मेद्वारी दिनेहरुले प्रधानमन्त्री बन्छु भन्दै हिडनु हास्यस्पद कुरा भएको बताएका छन् ।

२६ कार्तिकमा हेटौँडामा भएको कार्यक्रममा बोल्दै दाहलले आफुलाई राष्ट्रिय पार्टी भन्नेहरुले देशभरबाट आधा दर्जन स्थानमा पनि उम्मेद्वार बनाउन नसक्नुबाटै उनीहरुको हैसियत स्पष्ठ भएको बताए ।

२०४३ सालबाट मन्त्री भएकाहरुले मकवानपुरमा सिन्को सम्म नभाचेको बताउँदै उनले अव वाम गठवन्धनको जितले मात्र मुलुकले समृद्धि हाँसिल गर्ने बताए ।  एमाले हेटौँडा वडा नंबर ७ का नेता राजन थापाको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका प्रदेश नंबर ३ का सदस्य रामचन्द्र राई, एमाले मकवानपुरका नेताहरु श्रीधर पोखरेल, देवराज रिमाल, जुनेली श्रेष्ठ , माओवादीका वालकृष्ण चौलागाई, ज्ञानु क्षेत्री लगाएतको उपस्थिती रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)