Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय

baluwatar-meeting-1-1497511288.jpg

सत्तारुढ दलले दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय गरेका छन्। माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बरमा प्रदेशमा स्थगित गरिएको जानकारी दिए।

बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने उनले बताए।

दुई नम्बर प्रदेशको चुनाव कहिले गर्नेबारे सत्तारुढ दल र राजपाका शीर्ष नेताहरुबीच अहिले सिंहदरवारमा छलफल गरिरहेका छन्।