Tuesday, 27th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

दीपक मनाङ्गे राप्रपामा प्रवेश

timthumb-1484280775.jpg

गुन्डानाइके दीपक मनाङ्गे राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्। काठमाडौंमा नयाँ बजारस्थित सम्राट पार्टी प्यालेसमा एक कार्यक्रमका बीच राप्रपाका अध्यक्ष कमल थापाले मनाङ्गेलाई पार्टी प्रवेश गराए।

एकताका उपत्यकाको गुन्डागर्दीमा सक्रिय रहेका मनाङ्गे भने अहिले गोप्यरुपमा त्यस्तो कार्यमा लागेको प्रहरीले जनाएको छ। उनी दर्जनौं पटक जेल परिसकेका छन्। पछिल्लो समय गत असार १७ गते उनी पक्राउ परेका थिए। व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगमा उनी ६० दिनसम्म प्रहरी हिरासतमा रहेका थिए।

उनीमाथि अकुत सम्पत्ति कमाएको समेत आरोप छ। १४ करोड ७३ लाख रुपैयाँको स्रोत देखाउन नसकेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनको त्यो मुद्दा बिचाराधीन छन्। राजनीतिक संरक्षण पाउनका लागि उनी राप्रपामा प्रवेश गरेको उच्च प्रहरी अधिकारीले सेतोपाटीसँग भने।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg