nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

दर खाने पैसाले बाढीपीडितको मुहारमा खुसी भरे महिलाले

21222609_1021327025360725-1504233277.jpg

हेटौँडा उपमहागरपालिका वडा नं ७ र ८ का महिलाले मनहरी गाउँपालिकाका एक बृद्ध चेपाङको मुहारमा खुसी भरिदिएका छन् । मनहरी गाउँपालिका ६ प्रतापपुरका ५६ बर्षीय लोकवा प्रजा (चेपाङ) को परिवारलाई पुग्ने जिन्सी सामग्री किरान्चोक टोल विकास संस्था अन्तर्गतको किरान्चोक आमा समूहले प्रदान गरेपछि खुसीयाली छाएको हो । साउनको तेस्रो साता राप्ती नदी प्रतापपुर बस्तीमा छिरेपछि पहिलो घर नै लोकवाको परेको थियो । घरसँगै सर्बश्व पुरिएपछि मानसिक तनावमा रहेका लोकवा १४ भाद्रामा  राहत पाएसँगै ‘फ्रेस’ देखिएका थिए । 

मनहरी एफएम १०४.३ मेगाहर्जको समन्वयमा किरान्चोक आमा समूहले उनको परिवारका लागि दुई बोरा चामल, ५ केजी दाल, २ थान ब्लाङ्केट, २ थान झुल, १ थान तन्ना, १ थान डसना, डेक्सी, कराई, ६ थान थाल, ६ थान गिलास, डाडु, पन्यू, जग, ४ लिटर तेल, ४ केजी नून बितरण गरेको हो । त्यसैगरी बिस्कुट, भुजा, ५ केजी चिउरा, २ दर्जन लुगाधुने साबुन, आधा दर्जन नुहाउने साबुन, ३ पाकेट कलम, १ दर्जन पेन्सिल, सार्पनर, इरेजर, ३ दर्जन कापी बितरण गरिएको छ । 

‘तीजमा दर खाने भनेर संकलन गरिएको रकम जोगाएर राखेका थियौँ’, किरान्चोक आमा समूहकी सल्लाहकार साबित्री अधिकारीले भनिन्–‘उहाँहरुको दुःखमा धेरै रमाइलो गरेर चाडपर्व मनाउन ठीक लागेन, त्यसैले हामीले मनहरी आएर सामग्री बितरण ग¥यौँ ।’ 
सामग्रीहरु सबैलाई बितरण गर्दा अपुग हुने भएकाले एक-डेढ महिनालाई पुग्ने खानेकुरा र बन्दोबस्तीका सामग्री गरिब र अत्यन्तै पीडित परिवारलाई बितरण गरिएको अधिकारीले बताइन् । 

मनहरी एफएममा आयोजित राहत बितरण कार्यक्रममा लोकवा चेपाङ र उनका छोरा सहभागी थिए । राहत पाएपछि उनले आफ्नो जीवन कथा सुनाएका थिए । हालसम्म १ बोरा चामलबाहेक केही नपाएको बताउँदै लोकवाले साथीले किनिदिएको गन्जी देखाएका थिए ।  उनी आफन्तको घरमा ९ जनाको परिवार राख्दै आइरहेका छन् । उनकी श्रीमती प्यारालाइसिस्बाट ग्रसित छन् । 

राहत बितरणमा आमा समूहका अध्यक्ष मुरली पौडेल, संरक्षण दिपप्रसाद अधिकारी रमेश, आमा समूहका उपाध्यक्ष सुनिताकुमारी अधिकारी, सचिव उर्मिला अर्याल, सदस्य ज्योति अर्यालको सहभािगता थियो । मानवीय सेवामा जुटेको आमा समूहले आफ्नो पर्वको खर्च कटौती गरी सेवा गरेकोमा मनहरी एफएमका स्टेशन म्यानजेर शिवकुमार काशीले धन्यवाद दिएका थिए ।