Wednesday, 17th June, 2026
वि.स.

चित्लाङका ६५ जनाको पिसिआर रिपोर्ट आउनै बाँकी

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ र १० चित्लाङमा स्वाब संकलन गरिएका ६५ जनाको पिसिआर रिपोर्ट अझै आउन बाँकी रहेको छ । नगरपालिकाले सामुदायिक कन्ट्याक ट्रेसिङ गरेको ति दुई वडाका ६५ जनाको रिपोर्ट आउन बाँकी भएको डाक्टर सुबोध चापागाईले जानकारी दिए । 

यहि ५ र ६ भाद्रमा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा ल्याबमा पठाइएकोमा उक्त ल्याबमा परीक्षणको चाप बढेपछि हेटौंडाले धुलीखेल ल्याबमा सो स्वाब पठाएको थियो । 

थाहा नगरपालिका वडा नम्बर ९ र १० मा वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनीधि र व्यवशायीहरुको सामुदायिक कन्ट्याक ट्रेसिङ अन्तर्गत स्वाब संकलन गरिएको थियो ।