nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 13th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा ९ नम्बर वडा कमिटिको अध्यक्षमा नेपाल चयन

09-1574647776.jpg

नेपाल कम्युनिष्ट पार्टी थाहा नगरपालिका ९ नम्बर वडा कमिटिको अध्यक्षमा हरिशरण नेपाल चयन भएका छन् । वडा कमिटिको सचिवमा खड्ग बहादुर बलामी चउन भएका छन् । 

नेकपा मकवानपुर जिल्ला कमिटी सदस्य बुद्धरत्न मानन्धरको प्रमुख आतिथ्यमा भएको वडा कमिटि गठन भेला  थाहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठको सभाध्यक्षतामा  भएको थियो । ९ नम्बर वडा कार्यालयको सभाहलमा भएको सो भेलामा नेकपा मकवानपुर जिल्ला कमिटि सदस्य तारा स्याङ्तान, लक्ष्मण बिष्ट, थाहा नगर कमिटी अध्यक्ष अरुण रायमाझी, नगर सचीव सानुकाजी गोपालीलगायतकाको आतिथ्यता रहेको थियो ।  कार्यक्रम खड्क बहादुर बलामीले संचालन गरेका थिए । 

कार्यक्रममा बोल्दै नगर सचिव सानुकाजी गोपालीले गाबिस हुँदाको ६ वटा वडा त्यसमा पनि दुईवटा पार्टीका वडा कमिटीलाई अहिले २९ सदस्यीय एक मात्र कमिटी बन्दैगर्दा  थुप्रै सक्रिय, ईमानदार, जुझारु कार्यकर्ता यस कमिटीमा छुट्नु भएको बताए । उनले भने–तर उहाँहरुलाई अन्य नगर, वडामा वा टोलमा गठन हुने अन्य कमिटी र संगठनमा समेटिनूहुनेछ । उनले चन्द्रागिरी सडक, मदन भण्डारी ििवश्वविद्यालयकोे बिषयमा अनेकौं अफवाह फैलिरहेकोले सो अफवाहलाई चिर्न सम्पुर्ण वडाबासी एकजुट हुनुपर्ने पनि बताए ।

भेलालाई सम्बोधन गर्दै नगर कमिटी अध्यक्ष अरुण रायमाझीले मृतप्रायः रहेको पार्टीलाई यस भेलाले चयन गर्ने कमिटी निर्माण पश्चात् पुनर्जीवन मिल्ने बताए । पार्टीका वफादार कार्यकर्ता वडा कमिटीको भेला छाडेर अन्य संघसंस्थामा लाग्छन भने तिनलाई वफादार र ईमानदार कार्यकर्ता मान्न सकिन्न पनि भन्न भ्याए । अब एकीकृत भएर जाने पार्टीले नै देश र जनताको मुहार फेर्ने सँगै यस नगरको समेत बिकास गर्दै समृद्ध नगर बनाउने उनको भनाइ थियो । अब निर्वाचित जनप्रतिनिधिहरु वडा र नगर कमिटी प्रति उत्तरदायी र जवाफदेही बन्नुपर्ने अध्यक्ष रायमाझीको भनाइ छ । समस्याहरुको थुप्रो छ तर अब वडा कमिटीका प्रत्येक सदस्य आफैले त्यो समस्या समाधानका लागि सकृय भएर लाग्नुपर्छ त्यसमा नगर कमिटीको सदैव साथ र सहयोग रहने समेत बताए ।

जिल्ला कमिटी सदस्य तारा स्याङ्तानले पार्टी चलायमान नहुदा कार्यकर्तामा नैराश्यता छाएको भए पनि अब पार्टी र कार्यकर्ता क्रियाशील हुने र पार्टी संगठन मजबुत र सकृय भए वडा स्तरमा हुने अनियमितता र भ्रष्टाचारलाई रोक्न सकिने बताए । त्यस्तै अर्का जिल्ला कमिटी सदस्य लक्ष्मण बिष्टले २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २०१७ मा आईपुग्दा नपुग्दै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय चलखेल र बिचलनले टुक्रन थाले पनि लामो समयको प्रयास, बिचार बिमर्श र मन्थन पछि अहिले आएर दक्षिण एसियाकै ठुलो पार्टी नेकपा बनेको प्रतिक्रिया दिए । यसलाई मजबुत दिगो र टिकाउ बनाउन सम्पुर्ण नेता र कार्यकर्ताले समाजिक, राजनीतिक र आर्थिक आचरणलाई शुद्धीकरण गर्न जरुरी रहेको बताए । 

९ नम्बर वडा अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष परशुराम श्रेष्ठले पार्टी सुस्त रहेकोले वडा स्तरीय योजना बनाउन छलफल गर्न रहेको अप्ठ्यारो भएकोमा अब निर्वाचित जनप्रतिनिधिलाई आउने दिनहरूमा काम गर्न सजिलो हुने आशा व्यक्त गरे । 

-फोटोः यादव जंग रायमाझी