Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा-८ का वडा अध्यक्षका उमेदवार टिकाराम रुम्बाले पाए चुनाव चिन्ह धारा

IMG_20220430_173019-1651319147.png

आसन्न स्थानीय तह निर्वाचनमा थाहा नगरपालिका-८ काे वडा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिएका टिकाराम रुम्बाले धारा  चुनाव चिन्ह पाएका छन् । 

यसअघि २०७४ काे निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष जितेका रुम्बाले यस पटक पनि पार्टीको तर्फबाट वडाध्यक्ष  पाउनु पर्ने दावी गरेका थिए । तर पार्टीबाट टिकट नपाएपछि उनले गत १२ बैशाखमा स्वतन्त्ररुपमा वडा अध्यक्ष पदमा मनाेनयन पत्र दर्ता गराएका थिए । 

१७ बैशाखमा थाहा नगरपालिकास्थित निर्वाचन अधिकृतकाे कार्यालयले रुम्बालाई धारा चिन्ह प्रदान गरेकाे हाे । 

चुनाव चिन्ह धारा पाएपछि थाहाटाइम्सशीत कुरा गर्दै वडा अध्यक्षका उमेदवार रुम्बाले भने, 'घरघरमा धारा पुर्याउने लक्ष्य हाे, धारा चुनाव चिन्ह पाएकाेमा खुशी छु ।' वडामा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार आफ्नाे प्राथमिकता रहेकाे उनले सुनाए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०