nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा-७ मा माओवादीनिकट महिलाकाे भेला, वडा कमिटी गठन

IMG_20210904_210348-1630769019.jpg

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी थाहा नगरपालिका वडा नम्बर ७ मा चित्र कुमारी मोक्तानको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुर जिल्ला कमिटि सदस्य तथा थाहा नगर इन्चार्ज शकुन्तला गोपालीको प्रमुख आतिथ्यतामा थाहा ७ को देउखेलमा सम्पन्न भेलाले उपाध्यक्षमा सुन्तली माया गुरुङ, सचिबमा सबिना तामाङ, कोषाध्यक्षमा मिना कुमारी स्याङ्तान, सहसचिबमा उर्मिला थिङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा कुमारी मोक्तान, जानकी गुरुङ, रिता ठकुरी, मेनुका कार्की, पबित्रा परियार, बिमला थिङ, सुशिला गोले थिङ लगायत चयन हुनुभएको छ ।

भेलामा नेकपा माओबादी केन्द्र थाहा नगर कमिटि सचिवालय सदस्य तथा वाईसीएल बागमती प्रदेश सदस्य दिपेन्द्र कुमार थिङ, ७ नम्बर वडा अध्यक्ष रामबहादुर स्याङ्तान, वाईसीएल मकवानपुर जिल्ला कमिटि सदस्य गुमान सिं मुक्तान (अरुण) लगायतको आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्र थाहा ७ नम्बर वडा कमिटि सदस्य सुन्तलि माया गुरुङको अध्यक्षता र माओवादी केन्द्र ७ नम्बर वडा कमिटि सचिब मोहन सम्सेर थिङले संचालन भएको भेलामा हरिमाया बि.क. ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियोे ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)