Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा ३ नम्बर वडा कमिटिको अध्यक्षमा रायमाझी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहानगर ३ नम्बर वडा कमिटिको अध्यक्षमा हिरेन्द्र रायमाझी चयन भएका छन् । १२ भाद्रमा भएको बार्टीको वडाभेलाबाट रायमाझीलाई अध्यक्षमा चयन गरेको हो । कमिटिको सचिवमा केदार विष्ट चयन भएका छन् । 

नेकपा प्रदेश सचिवालयका सदस्य बिष्णु बिष्ट (आदर्श) को प्रमुख आतिथ्यमा तथा थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेश केसीको सभाध्यक्षतमा विकास घर शिखरकोटमा भएको वडा भेलामा थाहा नगरपालिकाका मेयर लवशेर विष्टको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला कमिटि सदस्य तारा स्याङ्तान, विनायक गोले, लक्ष्मण बिष्ट, थाहा नगर कमिटी अध्यक्ष अरुण रायमाझी, नगर सचिव सानुकाजी गोपालीको उपस्थिती रहेको थियो । 
भेलाले २९ सदस्यीय कमिटी गठन गरेको छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०