Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरसहित ४ स्थानमा विप्लवको विरोध प्रदर्शन

मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) को विरोध नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले प्रदर्शन गरेको छ । विप्लवले थाहानगरको बज्रवाराहीसहित ४ स्थानमा ५ असारमा विरोध प्रदर्शन गरेको मकवानपुर सचिव पासाङले बताए । 

विप्लव नेतृत्वको माओवादीले थाहा नगरपालिका वडा नम्बर ६ बज्रवाराहीमा पासाङको नेतृत्वमा मनहरी–४ गोलघरमा निर्देश क्षेत्री, हेटौंडा–६ चौघडामा आकाश, मकवानपुरगढी–१ फुलबारीमा रमेशको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । 

नेपाललाई अफगानस्थान र सिरिया जस्तो हुने गरी गम्भीर दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै एमसीसीको खारेज गर्न माग गरेका छन्। शासकहरु जनताप्रति उत्तरदायी नभई कमिशनको खेलमा लागेको विप्लव नेतृत्वको माओवादीको आरोप छ । 

विरोध प्रदर्शन भएका चारै स्थानमा नेताहरुले सम्बोधन पनि गरेका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०