Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरमा जन्माष्टमी (फोटो फिचर)

आज जन्माष्टमी तथा साउन महिनाको अन्तिम सोमबार थाहा नगरपालिकाको विभिन्न धार्मिक तिर्थ स्थलहरुमा पुजा गर्नेहरुको घुँइचो लागेको थियो । विभिन्न स्थानबाट आएका तथा स्थानिय भक्तजनहरुको ऋषेश्वर महादेव, शिखरकोट कृष्ण मन्दिर, गोरखनाथ महादेव, पाण्डुकेश्वर महादेव, झम्केश्वरी महादेवमा भक्तजनहरुको सहभागिता थियो । मंगलबार शिखरकोटमा कृष्ण जन्माष्टमीको अवसरमा घैंटो फुटाउने जात्रा लाग्ने छ, उक्त जात्रामा प्रतियोगितात्मक रुपमा ३ वटा घैंटो फुटाउने छन् । उक्त मेलामा स्थानिय तथा धादिङका मानिसहरु हेर्न तथा प्रतियोगितामा सहभागी हुन आउने गरेकाछन् ।