nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिकालाई दमकल किन्न ६० लाख

सरकारले मकवानपुरको थाहा नगरपालिका सहित ३३ वटा नगरपालिकालाई दमकल खरिद गर्न रकम प्रदान गरेको छ । आगामी असार मसान्तभित्र दमकल खरिद गरिसक्ने गरी सरकारले ती नगरपालिकाको खातामा ६० लाख रुपियाँ पठाएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।  

नगरपालिकाको पूर्वाधार विकासका लागि भन्दै सरकारले केही पुराना तथा केही नयाँ गरी ३३ वटा नगरपालिकालाई दमकल खरिदका लागि रकम प्रदान गरेको हो ।  मन्त्रालयका अनुसार गौरादह, कोसी हरैचा, रङ्गेली, हनुमाननगर योगिनीमाई, गोलबजार, धनुषाधाम, छिरेश्वरनाथ, बर्दिवास, हरिवन, जिरी, मन्थली, पनौती, दाप्चा काशिखण्ड, थाहा, गढीमाई, सिमरौनगढ, कोल्हवी, पोखरिया, गैँडाकोट, वाणगङ्गा, वालिङ, लिवाङ, लमही, कोहलपुर, राजापुर, सानोश्री–ताराताल, वीरेन्द्रनगर, अत्तरिया, घोडाघोडी, पाटन, परशुराम, दोधारा–चाँदनी र झलारी–पिपलाडी नरपालिकालाई दमकल खरिद गर्न रकम प्रदान गरिसकेको हो ।  

मन्त्रालय अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ऋषिराज आचार्याले चालू आर्थिक वर्षभित्र दमकल खरिद गरिसक्नुपर्ने गरी ससर्त अनुदानस्वरूप ३३ वटा नगरपालिकालाई मन्त्रालयले रकम प्रदान गरिसकिएको जानकारी दिए ।