DO-1618544727.jpg
Saturday, 17th April, 2021
वि.स.

थाहा नगरपालिकामा अन्तरपार्टी संजालको भिन्दै "सुझाव पेटिका"

Antar-1611839881.jpg

मकवानपुर थाहा नगरपालिकामा क्रियाशील प्रतिपक्ष अन्तरपार्टी संजालले नगरपालिकामा सुझाव पेटिका राखेको छ । संजालले नगरपालिका परिसरमा रहेको इजलास भवनमा आफ्नो भिन्दै सुझाव पेटिका राखेको हो । 

थाहा नगरपालिकाप्रति रहेको गुनासो तथा प्रतिक्रियाहरु उक्त पेटिका मार्फत राख्न सकिने नेपाली काँग्रेस थाहानगरका सभापति योगेन्द्रमान श्रेष्ठले जानकारी दिए । सुझाव पेटिका राख्न आयोजित १५ माघको कार्यक्रममा थाहानगरमा क्रियाशील नेपाली काँग्रेस नगर सभापति योगेन्द्रमान श्रेष्ठ, काँग्रेस नेता प्रमोद जोशी, जनता समाजवादी पाटीका मकवानपुर–२ इन्चार्ज इन्द्रबहादुर श्रेष्ठ, राष्ट्रिय जनमोर्चा थाहानगर अध्यक्ष दिनेश विष्ट र साझा पाटी थाहानगरका अध्यक्ष माधव कार्कीको सभागीता रहेको थियो । 

अन्तरपार्टी संजालले कुनै गुनासो भएमा पेटीका राखिदिनु आग्रह गर्दै गुनासो सम्बोधनका लागि सम्बन्धीत निकायसंग समस्या समाधानको लागि पहल गर्ने संजालले प्रतिवद्धता व्यक्त गरेको छ । संजालले यसअघि पनि नगरपालिकासंग सूचनामाग तथा अन्य पृष्ठपोषणका कार्यहरु गर्दै आएको थियो । 
 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)