Monday, 15th June, 2026
वि.स.

थाहा नगरपालिकाको फिल्ड सहायकको नतिजा प्रकाशन

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत मकवानपुर थाहा नगरपालिकाको लागि आवश्यक फिल्ड सहायकको नतिजा प्रकाशन गरिएको छ । 

थाहा नगरपालिकाले यहि २० कार्तिकमा लिएको अन्तरवार्ता तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट प्राप्त प्राप्ताङ्कको आधारमा नतिजा प्रकाशन गरिएको हो । नतिजा अनुसार अच्युत विडारी छनोट भएका छन् भने रन्जित प्रधान र शर्मिला जिम्बा बैकल्पिक भएका छन् । यहि १७ भाद्रमा दरखास्त माग भएको थियो । फिल्ड सहायकको लागि ३ जना संक्षिप्त सूचीमा थिए ।