nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरकार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उमेदवारहरु निर्वाचित (मतसहित)
काँग्रेस मतदानमै सहभागी भएन, भोट क्रस भएको देखियो

thahahaa-1653388935.jpg

थाहा नगरपालिकाको कार्यपालिकाका लागि आज १० जेठमा भएको निर्वाचनमा गठबन्धनका उमेदवारहरु निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका ५ महिला सदस्य, माओवादीकै २ दलित सदस्य र १ जना नेकपा एकीकृत समाजवादीका दलित सदस्य निर्वाचित भएका हुन् ।

महिला सदस्यहरुमा नेकपा माओवादी केन्द्रका पवित्रा कार्की (३१ मत), अनिता बल (३३ मत), रितु कार्की (३३ मत ), चन्द्रमाया थिङ (३३ मत ) र अन्जु श्रेष्ठ (३३ मत) विजयी भएका हुन् । नेकपा एमालेका उर्मिला कामी, सानुमैया विश्वकर्मा, विमला पाख्रिन र कान्छीमाया वाइबाले १८/१८ मत पाए भने शर्मिला बस्नेतले २० मत पाए । महिला तर्फ १ मत बदर भएको छ । सो मतमा स्वस्तिक छाप ५ आवश्यक हुनेमा ६ छाप लगाइएको थियो ।

यसैगरी, दलित तथा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका राम दर्जी ३४ मत, रामप्रसाद विश्वकर्मा ३४ मत र एकीकृत समजवादीका जनकबहादुर कामी २९ मतका साथ विजयी भएका छन् । सो पदका लागि एमालेका उमेदवार अशोक खाती चनाराले २२ मत प्राप्त गरेका छन् । 

नगर सभामा माओवादी केन्द्रसंग स्पष्ट बहुमत अर्थात ३२ सदस्य तथा १२ नम्बर वडाबाट रुख  चिन्हबाट निर्वाचित १ सदस्यसहित ३३ र सोही वडामा रुख चिन्हबाट निर्वाचित एकीकृत समाजवादीका १ सहित ३४ जनाको स्पष्ट बहुमत थियो । यसैगरी नेकपा एमालेसंग १८ सदस्य थियो भने नेपाली कांग्रेससंग १० सदस्य थियो तर कांग्रेसले आफ्नो उमेदवारी नरहेको भन्दै ‘नो भोट’ भन्दै मतदानमा सहभागी भएन । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)