nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा दिवस समारोहका लागि शिक्षा मन्त्री पोखरेल थाहानगरमा

मकवानपुर थाहा नगरपालिकामा वर्षेनी मनाइने थाहा दिवस समारोहमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल थाहानगर आउने भएका छन् । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको जन्मजयन्तीको अवसरमा थाहा नगरपालिकासंगको समन्वयमा फरक सोच अभियानले २६ पौषमा थाहा दिवस समारोहको आयोजना गरेको हो । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८५ औं जन्मजयन्तीको अवसरमा दिवसको आयोजना गरिएको हो । 

थाहा दिवसको पूर्वसन्ध्यामा फरक सोचले २० पौषदेखि संचालन गरेको सप्ताहव्यापी कार्यक्रमका विजेताहरुलाई दिवसको अवसरमा पुरस्कार वितरण गरिने भएको छ । कार्यक्रम २६ पौष विहान ११ बजे थाहानगरको विकास घरमा हुने भएको छ । फरक सोचले शैक्षिक क्षेत्रमा थाहानगर अभियन्ता कै रुपमा परिचय बनाएका तिर्थदास श्रेष्ठको स्मृतिमा एकजनालाई सामाजिक सम्मान पनि गर्ने जनाएको छ । त्यस्तै थाहा दिवसकै दिन जिल्लामा कार्यरत पत्रकार मध्येबाट एकजनालाई थाहा पत्रकारिता पुरस्कारबाट सम्मान गरिने फरक सोच अभियानका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । उनका अनुसार साहित्य क्षेत्रका एकजनालाई पनि सम्मान गरिनेछ भने फरबसोच अभियानमा सहयोग गर्दै महत्वपूर्ण योगदान पु¥याएका व्यक्तित्वहरुलाई प्रशंसा पत्र दिने कार्यक्रम रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा स्थानिय राजनितीक दलका प्रतिनिधी, जनप्रतिनिधी, संघ संस्था तथा कार्यलयका प्रतिनिधी लगाएत आम जनसमुदायलाई कार्यक्रममा सहभागी भई सफल बनाउन सहयोग गर्न विभिन्न माध्यमबाट निमन्त्रणा गरिसकिएको र कार्यक्रम तयारी पुरा भएको फरक सोच अभियानता रामकुमार कार्कीले जानकारी दिए ।