nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–८मा विभिन्न क्षेत्रबाट ४५ जना एमालेमा प्रवेश
३५ सदस्यीय वडा कमिटी गठन

साविक आग्रा गाविस हाल थाहा नगरपालिका वडा नं. ८ मा विभिन्न पार्टी र संघसंस्थामा जिम्मेवार पदमा रहेका व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेहरुमा दुई दर्जन भन्दा बढी माओबादी केन्द्रबाट र १० जना अन्य पार्टीबाट रहेको एमालेका नेता डम्बरबहादुर लामाले बताए । एमाले प्रवेश गर्नेहरुमा सामाजिक क्षेत्रका अगुवाहरु समेत छन् । 
आइतबार थाहा–८ मा आयोजित एमालेको वडा कमिटी तथा वडा निर्वाचन परिचालन कमिटी गठन  तथा पार्टी प्रवेश कार्यक्रमको अवसरमा  ४५ जना व्यक्तिहरु एमालेमा प्रबेश गरेको एमालेले जनाएको छ । 
एमालेमा प्रवेश गर्नेहरुमा साविक  आग्रा–९ का वडा नागरिक मञ्चका संयोजक तथा माओवादी केन्द्र गाउँ कमिटी सदस्य ठाकुर सिं घलान, वाइसिएल आग्राका सदस्य मनोज नेपाली, आदिवासी जनजाति परिषदका सदस्य एवम् वाइसिएल आवद्ध विजय लामा, राप्रपाका सूर्य पाख्रिन, दलित संघ आग्राका इन्चार्ज टिकाराम विक लगायत छन् । त्यसैगरी महिला स्वास्थ्य स्वयम्सेविका देवकीमाया थिङ र सामाजिक कार्यकर्ता मैया घलान पनि एमालेमा प्रवेश गरेका छन् । नयाँ शक्ति नेपाल पार्टीका कार्यकर्ता निमा लामा पनि सोही अवसरमा एमालेमा आवद्ध भएका थिए ।
उनीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य महेश्वर सुवेदीले टिका लगाएर एमालेमा प्रवेश गराएका हुन् । एमालेका साविक आग्रा अध्यक्ष तथा थाहा नगर सचिवालय सदस्य डम्बरबहादुर लामाको सहजीकरणमा उनीहरु एमालेमा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा आएका कतिपयलाई बाटैमा रोकिएको उनले आरोप लगाए ।
एमाले वडा कमिटी संयोजक हेमबहादुर थिङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुवेदी, एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम् थाहा नगर कमिटी संयोजक विष्णुप्रसाद ढकाल, जिल्ला कमिटी सदस्यहरु गौतमबुद्ध लामा, राजु नापित, ईश्वर रुम्बा, कल्पना बलामी, अच्युतमप्रसाद ढकाल, विमलकुमार ढकाल, डम्बर लामा, युवा संघका प्रदिप प्रधान लगायतले बोलेका थिए । 
यसैबीच स्थानीय निकाय निर्वाचनको सन्दर्भमा एमालेले हेमबहादुर थिङको संयोजकत्वमा ३५ सदस्यीय ८ नं. वडा कमिटी तथा वडा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)