nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–७ मा काँग्रेस–माओवादी दुबैलाई ढुकढुक, १६०० गन्दा माओवादी २२ मतले अगाडि

congress-maobadhi-1024x55-1652681227.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उमेदवारहरुबीच कडा प्रतिष्पर्धा देखिएको छ । मतगणना अपडेट अनुसार थोरै मतान्तरले तलमाथि भइरहेकोले दुबै पार्टी यतिवेला ‘ढुकढुक’को अवस्थामा छन् ।

थाहा–७ मा ७०० मत गन्दा ६ मतले लिड गरेका नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार शिवराज थिङले १४०० मत गणना सकिँदा १९ मतले अग्रता लिएका थिए ।

अहिले १६०० मत गणना हुँदा थिङलाई गोलेले २२ मतले उछिनेका छन् । थिङको मत ६१५ रहेको छ भने गोलेको मत ६३७ रहेको छ ।

नेकपा एमालेका वडा अध्यक्ष उमेदवार शम्भुबहादुर खत्रीले अहिलेसम्म २६७ मत ल्याएका छन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)