nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहालाई ‘आहा’ बनाउने यस्तो छ राप्रपाको योजना (भिडियो सहित)
चुनावी घोषणाः नगर प्रमुखको पारिश्रमिक नलिनेदेखि कृषिमा आधुनिकीकरण गर्ने योजनासम्म

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट थाहा नगरपालिकाको नगर प्रमुखको उमेद्वारी दिएका हरेराम कार्कीले आफूलाई जनताले स्थानीय तह निर्वाचनमा जिताए राष्ट्रको ढुकुटीबाट पाउने कुनै पनि सुविधा नलिने घोषणा गरेका छन् । 

नगर प्रमुखका प्रत्यासी कार्कीले थाहानगरको शिखरकोटमा पत्रकार सम्मेलन गरेर आफू नगर प्रमुखमा निर्वाचित भए सरकारले नगर प्रमुखका लागि तोकेको कुनै पनि तलब भत्ताको सुविधा नलिने घोषणा गरेका हुन् । उनले भने–‘मैले पाउने सुविधाबाट सामाजिक काम गर्छु ।’

राप्रपाले थाहा नगरपालिकाको नगर प्रमुख र उप प्रमुख सहित ११ वटा वडामा अध्यक्ष सहित पदाअधिकारीमा उमेद्वारी दिएको छ । 

यस्तो छ राप्रपाको विकासे घोषणा

जनताले भोट हालेर मकवानपुरको थाहानगरमा नगर प्रमुख पदमा राप्रपाका उमेद्वार हरेराम कार्कीलाई विजेता गराएमा कृषिमा आधुनिकीकरण गर्ने प्रतिवद्धता रहेको छ । थाहानगरलाई अत्याधुनिक कषि औजारको प्रयोग गरी आधुनीकीकरण गर्ने राप्रपाको चुनावी प्रतिवद्धता रहेको छ । राप्रपाले थाहा नगरको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ । 

नेपाल सरकारले पर्यटकीय शहरको रुपमा नीति तथा कार्यक्रममा घोषणा गरेको थाहालाई राप्रपाले पनि ‘पर्यटकीय शहर’ घोषणा गर्ने बताएको छ । थाहामा स्थायी घर भई देश विदेशमा रहेका युवालाई थाहामा लगानीको वातावरण बनाउने पनि राप्रपाको योजना छ । समग्र थाहाको शिक्षाको स्तर उकास्न सामुदायिक विद्यालयलाई प्रवद्र्धन गर्ने राप्रपाको योजना रहको छ । स्वास्थ्य समस्या समाधान गर्नको लागि सुविधा सम्पन्न अस्पताल निर्माण, थाहामा निर्माणाधिन क्षत्रिय रंगशाला निर्माण सम्पन्न, मन्दिर धर्मशाला संरक्षण, सहकारी व्यवस्थापन जस्ता सामाजिक कार्य पनि राप्रपाले अघि सारेको छ ।

‘आफ्नो गाउँ, आफै बनाऔं’ भन्ने मोडलमा थाहानगरको विकास गर्ने राप्रपाको योजना छ । कृषि शिक्षालाई उच्च प्राथगमिकतामा राख्दै संचार माध्यमलाई व्यवस्थापन गर्ने योजना पनि राप्रपाको रहेको छ । थाहालाई नमुना बनाउन बसपार्क निर्माणलगायतको पूर्वाधार खडा गरी ‘थाहा’लाई ‘आहा’ बनाउने राप्रपासंग भिजन भएको नगर प्रमुखका उमेद्वार कार्कीले बताए । 

हेर्नुहोस् भिडियोमा उमेद्वार कार्कीको प्रतिवद्धताः

 


 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।