nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा विप्लव र बन्द दुवैको प्रभाव

Bustt-1534214403-1534321013.jpg

पार्टी प्रवक्ता खड्कप्रसाद बिश्वकर्मा(प्रकाण्ड)लाई सरकारले पक्राउ गरेको बिरोधमा विप्लव समूहले आहवान गरेको नेपाल बन्दको प्रभाव उत्तरी मकवानपुरमा परेको छ ।  केही घटनाहरुले थाहा नगरपालिकासहित उत्तरी मकवानपुरमा विप्लव समूहको प्रभाव देखिएको छ । बन्दको अघिल्लो साँझ सोमबार थाहानगरको मुख्य बजार मानिने शिखरकोटमै विप्लव समूहका कार्यकर्ताहरुले राँके जुलुस निकाले । मंगलबार विहान नगरबासी निद्राबाट ब्युँझिनसक्दै  थाहा–११ स्थित टिस्टुङ देउरालीमा बस जल्न थालिसकेको थियो ।  
    देउराली नजिकै नम्बर प्लेट नराखेको पहेंलो रंगको नयाँ स्कुल बसमा आगजनी भएको हो । भन्सार छुटेर वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेकोे बसमा विहान ६ बजेतिर आगजनी भएको स्थानीयले बताएका छन् ।  यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ४ र दक्षिणकाली नगरपालिकाको सिमाना क्षेत्र पर्ने हुमाने भञ्ज्याङमा मंगलबार दिउँसो एउटा सुमोमाथि बम प्रहार भएको छ । काठमाडौंबाट हेटौंडा जाँदै गरेको सुमोमाथि पेट्रोल बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले बताए ।
    यी घटनाहरुले बन्द सफल बनाउन सहयोग पुगेको प्रष्टै देखिन्थ्यो । मंगलबार थाहा नगरको मुख्य बजार क्षेत्रमा यातायात ठप्पै रह्यो । नियमित रुपमा हेटौंडा–काठमाण्डौं जाने सुमो तथा बसहरु कुनै पनि चलेनन् । मोटरसाइकलहरु पनि निकै न्यूनमात्रामा चल्यो । पसलहरु बन्दै रहे भने स्कूहरु चल्न सकेनन् । सरकारी कार्यालयहरु चलेको भए पनि सेवाग्राहीहरु नहुँदा कर्मचारी फुर्सतिलाजस्ता देखिएका थिए ।
सुरक्षा चुनौति
    मंगलबार विहानै बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली देउराली पुगेको थियो । भन्सार छुटाएर काठमाण्डौं लैजादै गरेको रित्तो बसमा आगजनी भएको थियो । बसमा आगजनी गर्नेहरु अज्ञात भए पनि बन्दमा गाडी चलाएको भन्दै विप्लव समूहमाथि आशंका गरिएको छ ।  विप्लव समूहले यसको जिम्मेवारी लिएको छैन ।
    विप्लव समूहले सोमबार संंसाँझै शिखरकोटमा निकालेको राँके जुलुसको भिडियो विकास खबर डटकममा राखिएको हेर्न सकिन्छ । रातको समयमा प्रहरीले थाहा नगरका मुख्य बजारहरुमा हरेक दिनजसो गस्ती गर्ने गरेको छ ।    त्यसो त मंगलबार विहानैदेखि नगरको बजार, कार्यालय, विद्यालय बन्द रहँदा न उनीहरु आफैले खुलाउन सके, न त कोही खोल भन्न आयो । पसल तथा कार्यालय खुलाउनेहरुलाई बन्द गर भन्न पनि कोही आएन । प्रहरीहरु पनि दिनभर नै ठाउँठाउँमा खटिएको देखिन्थ्यो । सेना पनि व्यारेकबाट बाहिर आएको देखियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।