nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा माओवादीको विशेष रुपान्तरण अभियान : कसलाई कुन वडाको जिम्मेवारी

mao-1693414836.jpg

थाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” को तयारीका लागि १३ भाद्रमा विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

थाहा नगरपालिकाको बिस्तारित बैठकको प्रशिक्षणलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरेलले माओवादी पार्टीलाई देश र जनताको पक्षमा बनाउन तीन महिने अभियानले सहयोग पुग्ने बताउदै तोकिएको जिम्मेवारी पुरा गर्न नेताहरुलाई आग्रह गरे । उनले सरकारले गरेका राम्रा कामलाई प्रचार गर्न जनताको घरघरमा पुग्न नेताहरुलाई आग्रह गरे । नेता पोखरेलले केन्द्रिय समितिले निर्देशन गरेको परिपत्रलाई कार्यान्वयन गर्न पालिका र वडा कमिटीलाई आग्रह गरेका थिए । थाहानगरमा अभियानको पहिलो चरणका कार्यक्रमहरु तयारी बैठक, भेटघाटलाई तिब्र पारिएको उपत्यका बिशेष प्रदेश उपाध्यक्ष तथा अभियानका थाहा इन्चार्ज प्रकाशचन्द्र पाण्डेले जानकारी दिए । पार्टीलाई नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या बढाउन सबै जनवर्गीय संगठन तथा मोर्चाका नेताहरुलाई वडा तथा टोल–टोलमा खटाइएको थाहानगर अध्यक्ष बिनोद लामाले बताए ।

विस्तारित बैठकले थाहाको १२ वटै वडामा जिम्मेवारी तोकेको छ । वडा नम्बर १ मा जयराम रायमाझी, वडा नम्बर २ मा बिष्णु बिष्ट आदर्श, वडा नम्बर ३ मा तारा सिन्तान, वडा नम्बर ४ मा अरुण रायमाझी, वडा नम्बर ५ मा सुवर्ण गोपाली, वडा नम्बर ६ मा कृष्ण कार्की, वडा नम्बर ७ मा सनम सिं मोक्तान, वडा नम्बर ८ मा विनायक गोले, वडा नम्बर ९ मा प्रलोक पाण्डे, वडा नम्बर १० मा लक्ष्मण बिष्ट, वडा नम्बर ११ मा बिनोद लामा र वडा नम्बर १२ मा मंगल बहादुर तामाङलाई जिम्मेवारी तोकिएको छ ।

पार्टीका जबस मोर्चा र वाइसीएललाई त्यही अनुरुपको जिम्मेवारी तोकिएको नगर अध्यक्ष लामाले बताए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)