nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा मतगणना शुरु, विहानै एउटा वडाको नतिजा आउने

Matadan-1494792416.jpg

मकवानपुरको थाहा नगरपालिकामा मतगणना शुरु भएको छ । १ जेठ मध्यान्ह १२ बजेबाट मतगणना शुरु भएको निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यले जानकारी दिए ।

कुल २७ हजार ६६७ मतदाता रहेको थाहामा ७५।७  प्रतिशत मत खसेको थियो । थाहामा कम मतदाता भएको वडाबाट मत गणना शुरु गरिएको निर्वाचन अधिकृत आचार्यले बताए । थाहा नगरपालिकामा ५ नम्बर वडाबाट मतगणना शुरु गरिएको हो । गणना शुरु गरिएको उक्त वडाको १ जेठ विहानै नतिजा आउने निर्वाचन कार्यालय थाहानगरले जनाएको छ ।

यसैबीच मकवानपुरकै बागमती गाउँपालिकामा पनि मतगणना शुरु भएको गाउँपालिकाका कार्यकारी अधिकृत भीम बहादुर परियारले जानकारी दिए ।  बागमतीमा १५ हजार ७६१ मतदातामा ११ हजार ४९२ मत खसेको छ । यो मत ७२.९ प्रतिशत हो ।
 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।