nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर नेकपा नेतृत्वको कार्यभार

Thaha11111-1534490558.jpg

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को थाहा नगर कमिटि कस्तो हुनेछ र कसको नेतृत्वमा हुनेछ भन्ने बहश चलिरहँदा तत्कालीन एमाले थाहानगर कमिटीका संयोजक अच्युत्तमप्रसाद ढकालले अब बन्ने नेतृत्वको कार्यभारबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्  ।

एकीकृत पार्टी निर्माणको कार्य भएकाले तत्कालीन एमाले वा माओवादी नहेरी सक्षमता, अनुभव, लोकप्रियता र निरन्तरताको आधारमा नेतृत्व चयन गर्नुपर्ने धारणा राख्दै आएका ढकाल आफै नेकपा थाहा नगर कमिटिको अध्यक्षमा प्रस्तावित समेत हुन् । नेकपा थाहानगरको अध्यक्ष तत्कालीन एमालेले पाएमा तत्कालीन एमाले कार्यकर्ताहरुले ढकाललाई नै समर्थन गर्ने लगभग निश्चित भएको एमालेका अगुवा कार्यकर्ताहरु बताउाछन् । ‘त्तकालीन एमाले र माओवादीबीच कार्यगत एकता मात्र भएको होइन, यो पाटी एकीकरण नै भएको हो, दुबै पार्टीबीच एकता भई नयाँ पाटी बनेको सन्दर्भमा अब एमाले वा माओवादी नभनी सिङ्गो पार्टी हाँक्ने व्यक्ति संयोजक बन्नुपर्छ’ तत्कालीन माओवादी केन्द्रका एक स्थानीय नेताले बताए । उनले पात्र तोकेनन् तर भागबण्डाको नाममा बन्ने नेतृत्वले सही ढंगले काम गर्न नसके रुपचन्द्र विष्टले प्रतिपादन गरेको ‘थाहा’ नै ओझेलमा पर्ने बताए ।

थाहा नगरमा गठन हुने नेकपाको नेतृत्वबारे आफ्नो धारणा सार्वजनिक गर्दै तत्कालीन एमाले नगर अध्यक्ष अच्युत्तमप्रसाद ढकालले सामाजिक उत्तरदायित्व बोध गर्ने र आर्थिक अनुसासन पुर्ण रूपमा पालना गर्ने, नगर भित्रका आर्थिक कृयकालापमा लोभ, लालचा नगर्ने, , नगरका जनप्रतिनिधि लाई सहि दिशा निर्देशन दिई  नगर भित्र सुशासनको अनुभूति दिलाउन सक्ने र कम्युनिस्ट पार्टीको मुल्य मान्यता बिपरित आचरण देखाउने कार्यकर्ता या प्रतिनिधिलाई सुधार गर्ने र नसके कारबाही गर्न सक्ने हिम्मत राख्ने नेतृत्व चाहिने बताएका छन् ।  त्यस्तै सबै तहका कार्यकर्तालाइ समान व्यबहार गरी क्षमताको आधारमा काम दिन सक्ने, ३ महिना भित्र वडादेखि नगरसम्म सबै सङगठन निर्माण गरी छ महिना भित्रमा नगर अधिबेशन गराई देशकै पहिलो कमिटी बनाउन सक्ने, राष्ट्रिय गौरबको योजना सुरुङ मार्ग, अन्तरराष्ट्रिय स्तरको क्रिकेट खेलमैदान इन्द्रायणी चौर, त्रिभुवन राजपथमा देखिएको समस्या समाधान, चन्द्रागिरी सडक निर्माण आदिलाई सम्पन्न गराउन केन्द्रसम्म पहुच पु¥याउन सक्ने र  नगरले सुरु गरेका योजनाहरु परिमार्जन सहित नमुनाको रुपमा सम्पन्न गराउन अभियान सन्चालन गर्न सक्ने  नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

एमालेका पुर्व अध्यक्ष ढकालले विभिन्न प्लानरहरुसङ्ग समन्वय गरी थाहानगरलाई योजनाबद्ध सहरको रुपमा बिकास गर्न जनप्रतिनिधिहरुलाई हयोग गर्न सक्ने, किसान, महिला, युबाको रोजगार सृजना गर्न अवश्यक चिम्तनशील व्यक्तित्व  र सम्बृद्ध थाहा नगर, सुखी नगरबासीको अवधारणा  ५ बर्ष भित्र सकार पार्न मद्धत गर्ने नेतृत आम जनताको चाहना रहेको ढकालको धारणा छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)