nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर कार्यपालिकामा माओवादी काँग्रेस गठबन्धनको वर्चश्व (हेर्नुहोस मत परिणाम सहित)

स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा नगर कार्यपालिकाका लागि आठ सदस्य निर्वाचित भएकाछन् ।१८ जेठमा भएको निर्वाचनबाट पाँच महिला सदस्य र तीन दलित वा अल्पसंख्यको तर्फबाट सदस्यमा निर्वाचित भएका हुन् । 

कार्यपालिकाको महिला सदस्यतर्फ नेपाली काँग्रेसकी उषा गमाल, नेकपा माओवादी केन्द्रकी कविता कार्की, जानुका ढकाल, सुन्तली माया गुरुङ र सोनिया सुनार निर्वाचित भए । त्यस्तै नगर कार्यपालिकाको दलित वा अल्पसंख्यकबाट नेपाली काँग्रेसका पुरुषोत्तम विश्वकर्मा, तारे कामी र रामपुकार दर्जी निर्वाचिचत भएको निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यले जानकारी दिए ।  निर्वाचित पदाअधिकारीहरुलाई १८ जेठमै निर्वाचन अधिकृत जीवन प्रसाद आचार्यले सपथ ग्रहण गराएकाछन् । कार्यक्रममा नगर प्रमुख लवशेर विष्ट, उप प्रमुख खड्ग बहादुर गोपाली, वडाअध्यक्षहरुलगायतकाको आतिथ्य रहेको थियो । 

कार्यपालिकाको निर्वाचनमा पनि ३१ वैशाखको झै थाहानगरमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनले विजय हासिल गरेको छ । 
थाहा नगरपालिकामा माओवादी केन्द्रको नगर प्रमुख सहित ३१, नेकपा एमालेको २६ र नेपाली काँग्रेसको उपमेयर सहित ५ सिट रहेको छ ।

कार्यपालिका चुनावमा कस्को कति मत ?

महिला सदस्य तर्फ 
उषा गमाल नेपाली काँग्रेस  : ३४ (विजयी)
कोपिला वि.क.,  नेकपा एमाले  : २६
चमेलीमाया वाइवा, नेकपा एमाले  : २५
माइली गोले नेकपा, एमाले : २५
शारदा लामिछाने, नेकपा एमाले  : २५
सुनिता दोङ नेकपा, एमाले  : २५ 
कविता कार्की, नेकपा माओवादी केन्द्र  :  ३४ (विजयी)
जानुका ढकाल, नेकपा माओवादी केन्द्र  : ३५ (विजयी)
सुन्तलीमाया गुरुङ, नेकपा माओवादी केन्द्र : ३४ (विजयी)
सोनिया सुनार,  नेकपा माओवादी केन्द्र  : ३५ (विजयी)

दलित वा अल्पसंख्यक सदस्य तर्फः
पुरुषोत्तम विश्वकर्मा नेपाली काँग्रेस  : ३६ (विजयी)
कुमार कामी,  नेकपा एमाले  : २५
रमेश विश्वकर्मा, नेकपा एमाले  : २५
लक्ष्मी विश्वकर्मा, नेकपा एमाले  : २५
तारे कामी,  नेकपा माओवादी केन्द्र  : ३६ (विजयी)
रामपुकार दर्जी, नेकपा माओवादी केन्द्र  : ३६ (विजयी)



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।