Monday, 7th September, 2026
वि.स.

थाहानगर काँग्रेस कार्यसमिति पदाधिकारीको लागि मतदान सकियो, मतपरिणाम घोषणा आजै

IMG_20210925_200943-1632579930.jpg

नेपाली काँग्रेस थाहा नगर कार्यसमितिको पदाधिकारीका लागि भएको मतदान भर्खरै सकिएको छ । मतदानकाे क्रममा १९४ मत खसेको मतदान स्थलबाट नेपाली काँग्रेसका नेता नवराज लामाले जानकारी दिए । एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव पदका लागि मतदान भएको हो । 

अब केहीबेरमा मतगणना गरी परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । काँग्रेस थाहानगरमा सभापति पदका लागि प्रमोदकृष्ण जोशी र भरत गोपाली मैदानमा छन् । त्यसैगरी दुई उपसभापति पदका लागि उद्दव लामिछाने, नमराज कार्की र सोमप्रसाद बर्तौलाको उमेदवारी रहेको छ । 

दुई सचिव पदका लागि कर्ण बहादुर गोपाली, भीमसेन मोक्तान, बिन्दुलाल थिङ र शशीकुमार दोङ प्रतिष्पर्धामा छन् भने २ सहसचिव पदका लागि ध्रुवकुमार भट्ट, रामचन्द्र भोम्जन, सत्यदेवी स्याङ्तान र सुरेन्द्र श्रेष्ठको उमेदवारी रहेको छ । 

अधिवेशनबाट ५३ जना सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

IMG_20210925_200943-1632579935.jpg