Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर काँग्रेसको पद हस्तान्तरण, ‘अन टेस्ट’ लाई हेर्न आग्रह

242957126_102243642602059-1633186342.jpg

थाहा नगरपालिकामा नेपाली काँग्रेसको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । यसअघि सभापति रहेका योगेन्द्रमान श्रेष्ठ नेतृत्वको कार्यसमितिले नवनिर्वाचित प्रमोदकृष्ण जोशी सभापति रहेको कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । 

काँग्रेस थाहानगरका निवर्तमान सभापति योगेन्द्रमान श्रेष्ठाको सभाध्यक्षता तथा महासमिति सदस्य मकवानपुर जिल्ला कार्यसमितिका सल्लाहकार जयराम लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका बीच कार्यसमितिको पद हस्तान्तरण गरिएको हो । 

सो अवसरमा नेपाली काँग्रेसका नेता लामिछाने, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, जिल्ला सदस्य रामचन्द्र कार्की, महाधिवेशन प्रतिनिधि राजेन्द्र बिडारी, प्रदेश निर्वाचन क्षेत्रीय सभापति सुजन गोपाली, नवनिर्वाचित सभापति जोशी, काँग्रेस नेता भरत गोपाली, नवराज लामा लगायतले मन्तव्य व्यक्त गर्दै थाहानगरमा काँग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिँदै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन लागि पर्नुपर्ने बताएका थिए । 

कार्यक्रममा पदभार ग्रहण गर्दै सभापति प्रमोदकृष्ण जोशीले थाहानगरका प्रमुख प्रतिनिधिमुलक पदहरुमा माओवादी र एमाले ‘टेस्टेड’ भएको र काँग्रेस ‘अन टेस्ट’ भएकोले अन टेस्टलाई एकपटक हेर्न आग्रह गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका बक्ताहरुले आगामी दिनमा थाहानगरमा संगठन विस्तार गनुपर्ने धारणा राखेका थिए ।

काँग्रेस थाहानगरको गत ९ असोजमा सम्पन्न १४ औं अधिवेशनले कार्यसमिति निर्वाचित गरेको थियो ।  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०