nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 14th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर उद्योग वाणिज्य संघद्वारा बैंकहरुको ध्यानाकर्षण

कारोना भाइरस (कोभिड १९) का कारण व्यवसायीहरु धरासायी भएको भन्दै उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुको ध्यानाकर्षण गरेको छ । 

थाहानगर उद्योग वाणिज्य संघले २५ असारमा एक कार्यक्रम गरी उत्तरी मकवानपुरमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको ध्यानाकर्षण गरेको हो । संघले लकडाउन सुरु भएको चैत्र महिनाको पाकेको व्याजमा १० प्रतिशत छुटको माग गरिएको हो ।

यसैगरी, बैशाखदेखि असारसम्मको समय सून्य समय रहेको हुँदा सो अवधिको व्याज पनि सून्य कायम हुनु पर्ने माग गरिएको अध्यक्ष कविराज खत्रीले बताए । सरकारले गरेको लकडाउन तथा कोभिड १९ का कारण व्यापार व्यवसाय पूर्णरुपमा बन्द रहेको हुँदा नियमित बुझाउनु पर्ने व्याज तथा किस्ताको अवधि सार्न समेत बैंकहरुको ध्यानाकर्षण गरिएको छ । संघले व्यवसायीहरुलाई व्याज तथा नियमित किस्ता तिर्न अनिवार्य रुपमा दबाब नदिन अनुरोध गरेको छ ।

छलफलमा उत्तरी मकवानपुरमा कारोबार गर्दै आएका बैंकका प्रबन्धकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम आफूहरुले कारोबार गर्दै आइरहेको बताएका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg